
सिलगढ़ी, 04 जून (हि.स.)। नक्सलबाड़ी पुलिसले ब्राउन शुगर सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा परेको युवकको नाम दिवाकर सिकदार रहेको छ। आरोपी नक्सलबाड़ी खाल्पाड़ा क्षेत्रको बासिन्दा रहेको बताइएको छ।
बुधवार राति नक्सलबाड़ीको कोटियाजोट स्थित श्मशान स्थल नजिकै गोप्य सूचनाको आधारमा यो कारबाही गरिएको हो।
पुलिस अनुसार, रातको अन्धकारमा लागूऔषध ओसारपसारका लागि केही मानिसहरू जम्मा भएको आशंकाले स्थानीयले पुलिसलाई खबर गरेका थिए। सूचना पाएलगत्तै पुलिसले घटनास्थलमा छापा मारेर शंकास्पद युवकलाई हिरासतमा लियो।
खोजीको क्रममा युवकको पाइन्टको खल्तीबाट लागूऔषधको प्याकेट जफत भयो। अनुसन्धानका क्रममा ब्राउन शुगर भएको पाइयो। पक्रा परेको आरोपीदेखि पुलिसले लगभग 51 ग्राम ब्राउन शुगर जफत गरेको छ।
पुलिसले अभियुक्त विरुद्ध सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ। अभियुक्तलाई बिहिवार सिलगढ़ी अदालतमा पेश गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी