
दार्जिलिङ, 04 जून (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख अनित थापाले राज्य सरकारबाट जीटीएले 400 करोड़ रूपियॉं पाउन बॉंकी रहेको बताएका छन्। दार्जिलिङका सांसद राजु विष्टले हिजो डाकेको बैठकमाथि प्रतिक्रिया दिॅंदै थापाले उक्त कुरा भनेका हुन। उनले हिजो बसेको बैठकले वास्तवमा जीटीए 400 करोड़को लायबिलिटीमा चलिरहेको स्पष्ट भएको बताए।
पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै जीटीए प्रमुखले भने, 'जीटीएमा भनेजस्तो पैसा आएको छैन। जीटीएले राज्य सरकारबाट अझ ४०० करोड पाउन बाँकी नै छ। सांसद अनि एमएलएहरूले यी कुराहरू बुझ्नुभयो। उहाँहरुले बुझ्नु पर्ने कुरा थियो। कारण उहाँहरु सत्ताका हुनुहुन्छन्। उहाँहरुले बुझ्नु भनेको नै जीटीएको निम्ति फाइदाको कुरा हो।'
थापाले भने, 'जहाँबाट भएपनि पहाडको विकास हुनुपर्छ। हिजो सांसदज्यूले दार्जिलिङ अनि कालेबुङ जिल्लाका अधिकारीहरूसँग बसेको बैठकलाई मैले सकारात्मक रुपमा लिएको छु। बैठकले पहाडको विकासकै मुद्दाहरू लिएर चर्चा गरेको छ।'
हिन्दुस्थान समाचार / हनोक