
गान्तोक, 04 जून (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले विश्व पर्यावरण दिवसको अवसरमा सबै नागरिकहरूलाई आफ्नो हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भने, 'हाम्रो राज्य सिक्किम प्रकृतिको एक अनुपम देन हो, जहॉं प्रकृति र संस्कृति एकअर्कासॅंग गॉंसिएका छन्। हाम्रो प्रदेश प्रकृतिप्रति अगाध प्रेम र संरक्षणको जीवन्त संस्कृतिको प्रतीक हो। हाम्रो यो सामूहिक प्रयास देशका अन्य राज्यहरूका लागि पनि अनुकरणीय छ।'
राज्यपालले भनेका छन्, 'सिक्किमले सदैव पर्यावरण संरक्षणको क्षेत्रमा देश अनि दुनियाको नेतृत्व गरेको छ। आफ्नो हालैको भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिक्किमको यस अलौकिक सुन्दरता र पर्यावरण अनुकूल जीवनशैलीका कारण 'पूर्वको स्वर्ग' को संज्ञा दिए। यहॉंका मानिसहरूलाई प्रकृतिको संरक्षक बताए। यस गौरव र विरासतलाई निरन्तरता दिनु हामी सबैको सामूहिक जिम्मेवारी हो।'
राज्यपालले यस वर्ष विश्व पर्यावरण दिवस 'क्लाइमेट एक्शन' मा केन्द्रित रहेको अवगत गराउॅंदै जलवायु परिवर्तन र पारिस्थितिक तंत्रको क्षरण जस्ता वैश्विक चुनौतीहरूको सामना गर्नुका लागि हामीले आफ्ना प्रयासहरू अझ धेरै बढाउनु तथा सशक्त बनाउनु आवश्यक रहेको बताएका छन्। उनले हाम्रो भूमि, हाम्रो भविष्यको संकल्पका साथै सबै मिलेर आफ्नो माटोलाई समृद्ध बनाउन र धेरैभन्दा धेरै विरुवा लगाउन तथा जल स्रोतहरूलाई संरक्षित गर्न आह्वान गरेका छन्। राज्यपालले सिक्किमका प्रत्येक जागरूक नागरिकहरूलाई राज्यको यस हरित विरासतलाई अझ धेरै समृद्ध बनाउन अपील गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल