धन आर्जनको आरोपमा घेरिए तृणमूल नेता, ग्रामीणहरूको आक्रोशदेखि बच्नका लागि पलङ मुनि लुके
धन आर्जनको आरोपमा घेरिए तृणमूल नेता, ग्रामीणहरूको आक्रोशदेखि बच्नका लागि पलङ मुनि लुके


कुचबिहार, 04 जून (हि. स.)। माथाभांङ्गा क्षेत्रमा आवास योजनाको नाममा कथित धन आर्जन गरेको मामिला बिहीवार सार्वजनिक भएको छ जसबाट रूष्ट ग्रामीणहरूको सामना एकजना तृणमूल नेता तथा सिभिक भोलन्टियरले गर्नुपऱ्यो। स्थिति यहाँसम्म पुग्यो कि आफूलाई बचाउनको लागि आरोपी नेता पलङ मुनि लुके। घटना माथाभाङ्गाको जोरपाटकी ग्राम पञ्चायत क्षेत्रमा भएको हो।

आरोप छ, तृणमूल नेता शाहिदुल मियाँले आवास योजना अन्तर्गत घर दिलाउने नाममा स्थानीय मानिसहरूबाट 5-देखि 20 हजार रुपियाँसम्म असुल गरे जसको एकमुष्ठ राशि लगभग आठ लाख रुपियाँ थियो। यस मामिलामा गत 25 मईको दिन पनि स्थानीय महिलाहरूले उनको घर अगाड़ि विरोध प्रदर्शन गरेका थिए। उनीहरूले पैसा फर्काउने माग गरिरहेका थिए। त्यै मागलाई लिेर आज फेरि महिलाहरू उनको घरमा पुगे। ग्रामीणहरूको बढ़्दो आक्रोशदेखि भयभित शाहिदुल मियाँ बच्नको लागि घरको खाटमुनि लुके। सूचना पाएर माथाभाङ्गा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि उनलाई त्यहाँबाट निकालेर थानामा लिएर गयो।

यस घटनाको भीडियो सोशल मीडियामा द्रूत गतिमा भाइरल भइरहेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande