
हुगली, 05 जून (हि.स.)। राज्य सरकारको पहलमा सम्पूर्ण पश्चिम बङ्गालभरि आमाको नाममा एउटा रूख अभियान सञ्चालन गरिँदैछ। यसै कार्यक्रम अन्तर्गत शुक्रवार राज्यका प्रतिमन्त्री भास्कर भट्टाचार्यले श्रीरामपुर महकुमा शासक (एसडीओ) कार्यालय परिसर निकट बिरूवा रोपेर अभियानको औपचारिक शुरूआत गरे।
यस अवसरमा मन्त्रीले विभिन्न विद्यालयहरूका विद्यार्थीहरू तथा स्वयंसेवी सङ्गठनहरूका प्रतिनिधिहरूलाई बिरूवा वितरण गर्दै अधिकभन्दा अधिक बिरूवा रोप्ने आह्वान गरे। त्यसपछि उनले श्रीरामपुर थाना परिसरमा पनि वृक्षरोपण गरे। मन्त्रीले भने, पर्यावरण संरक्षण तथा हरित आवरण बढ़ाउनको लागि जनसहभागिताको ठूलो खाँचो छ। यस अभियानको माध्यमबाट मानिसहरूलाई प्रकृतिप्रतिको आफ्नो जिम्मेवारी पनि अनुभूत गराइँदैछ।
कार्यक्रमपछि मन्त्री भास्कर भट्टाचार्य आफ्नो घरदेखि पैदल हिँड़ेरै श्रीरमपुर महकुमा अदालतमा पुगे जहाँ उनले ल क्लर्क्स र अधिवक्ताहरूसित भेट गरे। यस अवधि उनले भने, मन्त्री बनेपछि उनले राज्य सरकारको प्रोटोकललाई पालन गर्नैपर्छ, तर उनी आफ्नो जरासित सदैव जोड़िरहन चाहन्छन्।
भास्कर भट्टाचार्यले भने, यदि म आफ्नो जरादेखि काटिए भने मेरो अस्तित्व रहनेछैन भन्ने कुरा मैले महसूस गरिसकेको छु। अदालत र यहाँका मानिसहरू मेरो जीवनका महत्वपूर्ण अङ्ग रहिसकेका छन्। यो स्थान मेरो घरको धेरै नजिकमा छ, त्यसैले म पैदलै यहाँ आएको छु। टाड़ा जान परे निश्चित रूपमा सरकारी वाहनको उपयोग गर्नेछु।
उनले अझ भने, अदालत उनको पहिचानको एउटा महत्वपूर्ण केन्द्र रहिआएको छ। यहाँका मानिसहरूसित उनको आत्मीय सम्बन्ध छ। म विधायक पनि हुँ र मन्त्री पनि, तर अदालतसित मेरो सम्बन्ध सदैव रहिरहनेछ, उनले भने।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा