विश्व पर्यावरण दिवसमा एउटा रूख आमाको नाममा
विश्व पर्यावरण दिवसमा एउटा रूख आमाको नाममा


सिलगढ़ी, 05 जून (हि.स.)। विश्व पर्यावरण दिवसको अवसरमा फाँसीदेवा उच्च विद्यालयमा वृक्षारोपण कार्यक्रम आयोजना गरियो। “एउटा रूख आमाको नाममा” सन्देशसितै थालिएको यो पहल खरसाङ वन विभागको घोषपुकुर रेञ्जको सहयोगमा गरिएको हो।

कार्यक्रममा उपस्थित क्षेत्र विधायकले पर्यावरण संरक्षणको महत्व बारे विद्यार्थीहरूलाई बुझाउँदै अधिकभन्दा अधिक रूख रोप्ने अनि त्यसको हेरचाह गर्ने सन्देश दिए। उनले भने, वृक्षारोपण गरेर मात्र पुग्दैन जबकि त्यसको हेरचाह पनि आमाले जस्तै गर्न पनि आवश्यक छ।

यस कार्यक्रममा फाँसीदेवाका भाजपा विधायक दुर्गा मुर्मू, फाँसीदेवाकी बीडीओ बनानी मजुमदार, एडीएफओ खरसाङ राहुल देव मुखर्जी सहित शिक्षक-शिक्षिकागण अनि ठूलो सङ्ख्यामा विद्यार्थीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande