तृणमूल नेताहरूले अब हिसाब दिनुपर्छ: अग्निमित्रा पाल
तृणमूल नेताहरूले अब हिसाब दिनुपर्छ: अग्निमित्रा पाल


पश्चिम बर्दवान, 05 जून (हि. स.)। पश्चिम बङ्गाल सरकारकी मन्त्री अग्निमित्रा पालले पूर्व मन्त्री अरूप विश्वासका भाइ स्वरूप विश्वासको पक्राउको सन्दर्भमा भनिन्, पछिल्लो 15 वर्षको शासन अवधि तृणमूल कङ्ग्रेसका केही नेता तथा मन्त्रीहरूले आफ्नो प्रभावलाई उपयोग गरी मानिसहरूलाई सताए, अवैध गतिविधिहरूमा सामेल भए तथा आम जनतालाई शोषण गरे। उनले भनिन्, अब ती सबै कार्यहरूको कानूनी ढङ्गमा हिसाब लिइँदैछ भने यसै प्रक्रिया अन्तर्गत स्वरूप विश्वासलाई पनि पक्राउ गरिएको हो।

अग्निमित्रा पालले आरोप लगाइन्, टलीगञ्ज जुन बङ्गला फिल्म उद्योगको प्रमुख केन्द्र हो, त्यहाँ स्वरूप विश्वासको अत्यधिक प्रभाव थियो। उनको इशारा बिना मानिसहरूले काम पाउँदैन थिए, कलाकार तथा तक्निशीयनहरूलाई डर देखाउने, धम्क्याउने जस्तो माहोल थियो। केही मानिसहरूले स्वरूप विश्वासविरूद्ध सिकायत पनि दर्ता गराएका छन्। कानूनले अब ती सिकायतहरूको आधारमा उचित कारबाही गर्नेछ।

यता कोलकाताका मेयर फिरहाद हकिमले राजीनामा दिने अनुमानहरूलाई लिएर प्रतिक्रिया व्यक्त गर्दै अग्निमित्रा पालले भनिन्, यसले तृणमूल कङ्ग्रेसका नेताहरूको अजिम्मेवारीपूर्ण व्यवहार तथा स्वार्थपूर्ण राजनीतिलाई दर्शाउँछ। उनले आरोप लगाइन्, नगरनिगम सञ्चालन गर्ने नेताहरूले वर्षौसम्म भ्रष्टाचार गरे, तर नागरिकहरूलाई आधारभूत सुविधाहरू समेत दिन विफल भए।

उनले भनिन्, सत्ता परिवर्तन भएपछि अब केही नेताहरूले आफ्नो पद छोड़्नेकुरा गरिरहेका छन् जबकि अब केही दिनभित्रै मनसुनको आगमन हुन्छ जसले गर्दा नागरिक सुविधाहरूलाई व्यवस्थित बनाउन आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande