
पश्चिम बर्दवान, 05 जून (हि. स.)। पश्चिम बङ्गालकी शहरी विकास मन्त्री अग्निमित्रा पालले शुक्रवार आसनसोल नगरनिगमको कालीपहाड़ीस्थित केन्द्रिय स्टोरको छड़्के निरीक्षण गरिन्। निरीक्षण अवधि उनले प्रचुर मात्रामा रहेको सफाई उपकरण, वाहन तथा सुरक्षा सामग्रीहरूलाई वर्षौंदेखि उपयोग नगरी राखिएकोमा असन्तुष्टि व्यक्त गर्दै अधिकारीहरूलाई विस्तृत रिपोर्ट मागिन्।
मन्त्रीले स्टोरमा सड़क सफा गर्नको लागि उपयोग हुने स्प्रिङ्कलर वाहन, मैला संग्रहण वाहन, साइकल भ्यान, घरेलु र सामुदायिक डस्टबिन समेत विभिन्न सफाई उपकरणहरूलाई लामो समयदेखिकै उनुपयोगी अवस्थामा फालिएको पाइन्। उनले अधिकारीहरूसित प्रश्न गरिन्, नियमित रूपमा टेण्डरको माध्यमबाट सामग्री खरिद गरिएको भए पनि यो समान सफाई कर्मचारीहरू तथा आम मानिसहरूसम्म किन पुऱ्याइएन।
निरीक्षण अवधि लगभग दुई हजार जोड़ी गमबूट (रबर वा पीवीसी जस्तो जलरोधी सामग्रीले बनिएको जुत्ता) स्टोरमा राखिएको पनि भेटियो। यसमाथि चिन्ता व्यक्त गर्दै मन्त्रीले भनिन्, सफाई कर्मचारीहरूलाई नाली तथा फोहोर सफा गर्दा नाङ्गो खुट्टा वा साधारण चप्पल लगाएर काम गरेको देखिन्छ जबकि सुरक्षा सामग्रीहरूलाई वर्षौंसम्म गोदाममा थुपारेर राख्नुले गम्भीर लापरवाहीलाई दर्शाउँछ।
मन्त्री पालले स्टोर प्रभारी, इञ्जीनियर औ नगरनिगम प्रशासनलाई निर्देश दिइन्, स्टोरमा उपलब्ध सबै सामग्रीहरूको सङख्या, वर्तमान स्थिति तथा त्यसको वितरण र उपयोगको योजना सहित विस्तृत रिपोर्ट तयार गरी साँझसम्ममा प्रस्तुत गरियोस्। उनले भनिन्, रिपोर्ट प्राप्त भएपछि नगरनिगम प्रशासनसित चर्चा गरी यो पत्तो लगाइनेछ कि सामग्रीहरू सम्बन्धित कर्मचारीहरूसम्म किन पुऱ्याइएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा