सीमा ड्यूटीमा तैनाथ बीएसएफ जवानको चट्याङ्गको चपेटमा परी मृत्यु
सीमा ड्यूटीमा तैनाथ बीएसएफ जवानको चट्याङ्गको चपेटमा परी मृत्यु


जलपाइगढ़ी, 5 जून (हि.स.)। जिल्लाको भारत-बङ्गलादेश सीमामा तैनाथ एकजना सीमा सुरक्षा बल (बीएसएफ) का जवानको चट्याङ्गको चपेटमा परी मृत्यु भयो। यो घटना गए बिहीवार अबेर राती दक्षिण बेरूबाड़ी सीमा क्षेत्रमा भएको हो। मृत जवानको पहिचान मोहम्मद तैयब हुसैनको रूपमा भएको छ जो 130 नम्बर बटालियनका महादेव बोर्डर आउटपोस्टमा तैनाथ थिए।

जानकारी अनुसार, असम निवासी मोहम्मद तैयब हुसैनले सीमामा नियमित गश्ती गरिरहेका थिए। हावा-हुन्डरी तथा वर्षाबीच अचानक परेको चट्याङ्गमा परी उनी गम्भीर रूपमा घाइते भए। उनका साथी अन्य बीएसएफ जवानहरूले तुरून्तै उनलाई बचाएर हल्दीबाड़ी ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ ड्यूटीमा तैनाथ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। यस घटनाको कारणले शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande