
बाँकुड़ा, 05 जून (हि.स.)। बाँकुड़ा जिल्लाका प्रभावशाली तृणमूल नेता शङ्कर चक्रवर्तीलाई पुलिसले पक्राउ गरेको छ। उनीमाथि बिधानचन्द्र कृषि विश्वविद्यालयको पुरानो परिसरको जमीनमा अवैध कब्जा गरेर आफ्नो निजी उपयोगको लागि निर्माण गराएको आरोप लागेको छ।
जानकारी अनुसार वर्ष 2018- मा विश्वविद्यालयको छातनास्थित पुरानो परिसरलाई शुशुनियामा स्थानान्तरण गरिएको थियो। आरोप छ, त्यसपछि शङ्कर चक्रवर्तीले परिसरको लगभग 29 एकड़ जमीनलाई बिस्तारै कब्जा गरे जहाँ पोल्ट्री फार्म, खेती तथा अन्य गतिविधि सञ्चालन भइरहेको थियो।
गए बिहीवार आरोप लगाइयो, विश्वविद्यालय परिसरबाट सरकारी सामानहरूलाई ट्रकमा भरेर अन्यत्र पठाइँदैथ्यो। सूचना पाएर छातनाका विधायक सत्यनारायण मुखोपाध्याय घटनास्थलमा पुगे। त्यसपछि विश्वविद्यालयका डीनले छातना थानामा लिखित सिकायत दर्ता गराए।
सिकायतको आधारमा पुलिसले जाँच शुरू गर्दै बिहीवार राती नै शङ्कर चक्रवर्तीलाई पक्राउ गऱ्यो। उनीविरूद्ध सरकारी जमानमा अवैध प्रवेश, विश्वासघात, चोरी, धोकाधड़ी, धम्की दिएर कब्जा गरेको तथा सम्पत्तिलाई नोक्सान पुऱ्याएको सहित विभिन्न धाराहरू अन्तर्ग तमामिला दर्ता गरिएको छ।
शुक्रवार आरोपीलाई अदालतमा पेश गरियो जहाँबाट तिनलाई दुई दिनको पुलिस हिरासतमा पठाउने आदेश दिइयो।
यद्यपि शङ्कर चक्रवर्तीले आफूमाथि लगाइएका सबै आरपहरूलाई अस्वीकार गरेका छन्। अदालत लैजाने क्रमा उनले भने, उनलाई राजनीतिक प्रतिशोध अन्तर्गत फसाइएको हो। स्थानीय तृणमूल नेताहरूको दाबी छ, विश्वविद्यालयको अनुमतिनै त्यहाँ किसानहरूलाई प्रशिक्षण दिइन्थ्यो र परिसरमा उब्जाइएका फसलहरू विश्वविद्यालयलाई सुम्पिइन्थ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा