
अलिपुरद्वार, 5 जून (हि.स.)। गत एक जूनको दिन पश्चिम बङ्गाल राज्यका मन्त्रीको रूपमा शपथ लिएपछि फालाकाटाका विधायक दीपक बर्मन शुक्रवार पहिलो पटक उत्तर बङ्गालमा आएका छन्। उत्तरबङ्ग एक्सप्रेस मार्फत उनी धुपगुड़ी स्टेशनमा आइपुग्नसाथ धूपगुड़ी, जलपाईगुड़ी औ फालाकाटाका भाजपा नेता एवं कार्यकर्ताहरूले उनलाई भव्य स्वागत गरे। यस अवधि सम्पूर्ण क्षेत्रको माहोल उत्सव जस्तै भएको थियो।
स्टेशनदेखि बाहिरिनसाथ मन्त्री दीपक बर्मनले उत्तर बङ्गाललाई पछिल्लो लामो समयदेखिकै गरिरहेको उपेक्षाको मुद्दालाई उठाए। उनले भने,
“केन्द्र र राज्य नेतृत्वले ममाथि जुन भरोसा देखाएका छन्, त्यसको लागि म आभारी छु। मभित्र खुशीसँगसँगै जिम्मेवारीको अनुभूति पनि भएको छ। उत्तर बङ्गालले पछिल्लो लामो समयदेखिको झेल्दै आइरहेको उपेक्षालाई आशामा परिणत गर्नु नै हाम्रो मुख्य लक्ष्य हो।”
उनले अझ भने, उनले आफूलाई एउटा क्षेत्रसम्म मात्र सीमित मान्दैनन्। उनले भने, “म फालाकाटा वा अलिपुरद्वारको मात्र मन्त्री होइन, मलाई सम्पूर्ण पश्चिम बङ्गालको दायित्व दिइएको छ। मेरो लक्ष्य हो, उत्तर बङ्गाललाई राज्यका अन्य विकसित क्षेत्रहरूको लहरमा उभ्याउनु तथा राज्यको समग्र विकास सुनिश्चित गर्नु।”
धुपगुड़ी स्टेशनमा उत्रिएपछि मन्त्रीले स्थानीय माँकालीको मन्दिरमा पूजा-अर्चना गरे। त्यसपछि धुपगुड़ीदेखि फालाकाटासम्म उनलाई खुल्ला वाहनमा लगियो। यस अवधि भव्य बाइक ऱ्याली, ब्याण्ड-बाजा तथा नाराबाजीको बीचमा उनलाईस्वागत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा