पूर्व तृणमूल विधायकको घर छेउको गोदामभित्र सरकारी राहत सामग्री भेटियो, क्षेत्रमा तनाउ व्याप्त
पूर्व तृणमूल विधायकको घर छेउको गोदामभित्र सरकारी राहत सामग्री भेटियो, क्षेत्रमा तनाउ व्याप्त


पश्चिम बर्दवान, 05 जून (हि. स.)। जिल्लाको अण्डालस्थित बाँकोला क्षेत्रमा शुक्रवार एउटा सनसनीपूर्ण घटनाको कारणले व्यापक रूपमा तनाउ फैलियो। आरोप छ, पाण्डेश्वरका पूर्व तृणमूल कङ्ग्रेस विधायक नरेन्द्रनाथ चक्रवर्तीको घर छेवैको एउटा गोदामबाट प्रचुर मात्रामा सरकारी राहत सामग्रीहरू जफत गरियो।

आक्रोशित स्थानीय मानिसहरू भाजपा कार्यकर्ताहरू तथा नेताहरूको उपस्थितिमा गोदामको ताला खोलेर भित्र प्रवेश गरे। आरोप छ, त्यहाँ भारी मात्रामा सरकारी राहत सामग्रीहरूलाई जमा गरेर राखिएको थियो।

प्रत्यक्षदर्शीहरू अनुसार गोदामबाट गरीबहरूको लागि आवन्टित साड़ी, विभिन्न प्रकारका कपड़ा, मच्छरदानी तथा सरकारी स्कूलका विद्यार्थीहरूको यूनिफर्म जफत गरिएको छ।

स्थानीय सूत्र मुताविक गोदामको एउटा कोठाबाट ठूलो सङ्ख्यामा कण्डोमको प्याकेट पनि भेटिएको छ। स्थानीयहरूले आरोप लगाए, पछिल्लो लामो समयदेखिकै यी सरकारी सामग्रीहरूलाई त्यहाँ जमा गरेर राखिएपछि अन्यत्र पठाइन्थ्यो। घटनाको खबर फैलिनसाथ क्षेत्रमा तनाउ व्याप्त भयो। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिस र केन्द्रिय बलहरू घटनास्थलमा पुगे। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ भने जफत गरिएका सामग्रीहरूको श्रोत तथा त्यसको उपोग बारे जानकारी जुटाइरहेको छ।

यस घटनालाई लिएर राजनीतिक जगतमा पनि बहस चर्किएको छ। भाजपाले मामिलाको निष्पक्ष र व्यापक जाँच गर्ने माग गरेको छ। तथापि यी आरोपहरूलाई लिएर पूर्व विधायक नरेन्द्रनाथ चक्रवर्ती र तृणमूल कङ्ग्रेसको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande