‘गोली’ ठानेर बमसित खेल्न थाले नानीहरू, विस्फोट भएर चार जना घाइते
‘गोली’ ठानेर बमसित खेल्न थाले नानीहरू, विस्फोट भएर चार जना घाइते


उत्तर दिनाजपुर, 5 जून (हि.स.)। जिल्लाको चाकुलिया क्षेत्रमा शुक्रवार एउटा आत्मा काँप्ने घटना घटेको छ। साहापुर दुई नम्बर ग्राम पञ्चायतको पागलपुर क्षेत्रको एक परित्यक्त टिनको घरमा राखिएको बमलाई नानीहरूले खेल्ने गोली सम्झे। तर त्यो अचानक विस्फोट भयो जसमा चार जना नानीहरू घाइते भए।

स्थानीय सूत्रानुसार बिहान केही नानीहरू उक्त खाली घरमा खेलिरहेका थिए। उनीहरूले गोलो आकारका केही वस्तुहरू भेटे जसलाई उनीहरूले गोली ठानेर आपस्तमा फाल्न शुरू गरे। तर अचानक एउटा बम पड़्क्यो जसको तीव्रताले सम्पूर्ण क्षेत्रलाई हल्लाइदियो। यस घटनामा दिलवार (8) गम्भीर रूपमा घाइते भयो जसलाई गम्भीर अवस्थामा चाकुलिया स्वास्थ्य केन्द्रमा लगियो, तर स्थिति झन् बिग्रिँदै गएको कारणले उन्नत उपचारको निम्ति उसलाई अर्को अस्पतालमा रेफर गरियो।

यस अतिरिक्त अन्य तीन जना घाइते भएका छन् जसमा दुई जना महिला पनि सामेल छन्। सबै उपचाराधिन छन्। घटनाको सूचना पाउनसाथ चाकुलिया थानाको पुलिसले घटनास्थलमा पुगेर सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गऱ्यो। बम राखिएको परित्यक्त घरलाई हाल सील गरिएको छ। पुलिसले अब यो जाँच गरिरहेको छ कि यति धेरै सङ्ख्यामा विस्फोटक त्यहाँ कसले र कुन उद्देश्यले राखेको हो। । स्थानीय मानिसहरूले पनि दोषीहरूविरूद्ध चाँड़ै कारबाही गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande