
गुवाहाटी, 05 जून, (हि.स.)। गुवाहाटीको जालुकबाड़ी क्षेत्रमा शुक्रवार बिहान भएको भयानक आगलागीको घटनामा एउटै परिवारका चार जना सदस्यहरूको पीड़ादायी मृत्यु भयो। मृतकहरूमा पति-पत्नी र उनीहरुका दुई सन्तान सामेल छन्। आगोको चपेटमा परेर चारजनाको जिन्दगी जिउँदै जलेर खरानी भयो।
स्थानीय सूत्र अनुसार आगो द्रूत गतिमा फैलिएको कारणले परिवारका सदस्यहरूले घरदेखि बाहिर निक्लिने मौका समेत पाएनन्। घटनाको सूचना पाए लगत्ता दमकलकर्मी तथा स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरे, तर त्यसबेलासम्ममा ठूलो नोक्सान भइसकेको थियो। आगोले दुई वटा घरलाई खरानीमा परिणत गरिदिएको छ। घटनापछि सम्पूर्ण क्षेत्र गहिरो शोकमा डुबेको छ।
पुलिस एवं प्रशासनले मामिलाको जाँच शुरू गरेको छ। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। नोक्सानको मूल्याङ्कन गर्न तथा घटनाको विस्तृत जाँच गर्नको लागि सम्बन्धित विभागीय टीम घटनास्थलमा उपस्थित रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा