झाड़ग्राम नगरपालिकामा बबाल, तृणमूल पार्षदहरूमाथि कुटपिट गरेको तथा अण्डा फालेको आरोप
झाड़ग्राम नगरपालिकामा बबाल, तृणमूल पार्षदहरूमाथि कुटपिट गरेको तथा अण्डा फालेको आरोप


झाड़ग्राम, 05 जून (हि. स.)। झाड़ग्राम नगरपालिकामा गए बिहीवार बोर्ड बैठकपछि स्थिति तनाउपूर्ण भयो। तृणमूल कङ्ग्रेसका पार्षदहरूले आरोप लगाएका छन्, बैठक समाप्त भएपछि नगरपालिका भवनदेखि बाहिरिने क्रममा केही मानिसहरूले उनीहरूमाथि कुटपिट गर्नको साथै अण्डा पनि फाले।

प्राप्त जानकारी अनुसार नगरपालिकाका विकास योजनाहरू तथा अन्य मुद्दाहरूमाथि चर्चा गर्नका लागि अध्यक्ष शिउली सिंहले गए बिहीवार अपरान्ह बोर्ड बैठक डाकेकी थिइन्। बैठकमा अध्यक्ष, उपाध्यक्ष सहित 10 जना पार्षदहरू उपस्थित थिए। बैठक शुरू भएको केही समयपछि नगरपालिका कार्यालयको बाहिर मानिसहरू ठूलो सङ्ख्यामा भेला भए अनि ‘चोर-चोर’- को नारे लगाउन थाले। यसले गर्दा स्थिति तनाउपूर्ण भएको कारणले बैठकलाई बीचमै रोकियो।

तृणमूल पार्षदहरूको आरोप छ, बाहिर आउँदै गर्दा केही मानिसहरूले उनीहरूलाई घेरे। उपाध्यक्ष सुकुमार शीत सहित केही पार्षदहरूलाई धक्का दिइयो, कुटपिट गरियो। आरोप छ, यस अवधि उनीहरूमाथि अण्डा पनि फालियो।

सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले उनीहरूलाई सुरक्षित बाहिर निकाल्यो। झाड़ग्रामका पुलिस अधीक्षक मानव सिङ्गलाले यस घटनाको पुष्टि गरेका छन्।

गए बिहीवार अबेर साँझ नगरपालिका अध्यक्ष शिउली सिंहले भनिन्, विकास सम्बन्धि मुद्दाहरूलाई लिएर बैठक डाकिएको थियो। तर बाहिर ठूलो सङ्ख्यामा मानिसहरू थुप्रिएको कारणले बैठक हुन सकेन। पछि पुलिसले सबैलाई सुरक्षित घरमा पुऱ्याइदियो।

अर्कोतिर भाजपाका जिल्ला उपाध्यक्ष देवाशिष कुण्डुले भने, मानिसहरूमा तृणमूल सञ्चालित नगरपालिकालाई लिएर असन्तुष्ट व्याप्त भएको छ। उनले कुटपिट गरेको आरोपलाई अस्वीकार गर्दै भने, भाजपाले कुनै पनि प्रकारको हिंसालाई समर्थन गर्दैन। यो मानिसहरूको आक्रोशको स्वभाविक अभिव्यक्ति थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande