बन्द जुट मिलहरूलाई पुनः शुरू गर्ने दिशामा बढ़्यो कदम, श्रीरामपुरमा भयो महत्वपूर्ण बैठक
बन्द जुट मिलहरूलाई पुनः शुरू गर्ने दिशामा बढ़्यो कदम, श्रीरामपुरमा भयो महत्वपूर्ण बैठक


हुगली, 05 जून (हि. स.)। श्रीरामपुर क्षेत्रमा बन्द रहेका जुट मिलहरूलाई पुनः सञ्चालनमा ल्याउने विषयमा शुक्रवार श्रीरामपुर महकुमा शासक (एसडीओ) कार्यालयमा एक महत्वपूर्ण प्रशासनिक बैठक आयोजना गरियो। बैठकमा पश्चिम बङ्गाल सरकारका राज्य मन्त्री भास्कर भट्टाचार्य, जुट मिल प्रबन्धनका प्रतिनिधि, एसडीओ तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित थिए।

बैठकपछि हिन्दुस्थान समाचार- सित बातचित गर्दै मन्त्री भास्कर भट्टाचार्यले बताए, यो एक प्रशासनिक बैठक थियो जसमा क्षेत्रका बन्द दुई वटा जुट मिलहरूलाई फेरि शुरू गर्ने सम्भावना तथा आवश्यक प्रक्रियाहरूमाथि विस्तार पूर्वक चर्चा गरियो।

उनले भने, बैठकमा जुट मिल प्रबन्धनका प्रतिनिधिहरूसित सार्थक विचार-विमर्श भएको छ। राज्य सरकार र प्रशासनको पक्षबाट मिल प्रबन्धनसित आवश्यक जानकारी अनि दस्तावेज मागिएको छ जसलाई सोमवारसम्ममा महकुमा प्रशासन समक्ष प्रस्तुत गरिने आशा छ।

मन्त्रीले भने, प्राप्त जानकारीहरूको परीक्षण गरिएपछि अग्रिम कारबाही गरिनेछ। उनले आशा व्यक्त गरे, सबै पक्षहरूको सहयोगले क्षेत्रका बन्द जुट मिलहरूलाई चाँड़ै शुर गरिनेछ जसबाट स्थानीय अर्थव्यवस्थाले गति पाउनेछ अनि श्रमिकहरूको लागि रोजगारको नयाँ अवसर उत्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande