जुमेको नमाजलाई लिएर खोड़ा कलोनी छाउनीमा परिणत भयो, एक हजार जवान तैनाथ
जुमेको नमाजलाई लिएर खोड़ा कलोनी छाउनीमा परिणत भयो, एक हजार जवान तैनाथ


गाजियाबाद, 05 जून (हि.स.)। उत्तर प्रदेशको जिल्ला गजियाबादको खोड़ा कलोनीमा भएको बहुचर्चित सूर्या हत्याकाण्डपछि साम्प्रदायिक तनाउलाई मध्यनजर गर्दै शुक्रवार जुमेको नमाजमा खोड़ालाई पुलिस छाउनीमा परिणत गरिएको छ। शुक्रवार 19 वटा मस्जिदहरूमा नमाज सकुशल सम्पन्न गराउनका लागि पुलिस, पीएसी, आरएएफ, आरआरएफको बटालियन समेत एक हजार पुलिसकर्मीलाई क्षेत्रमा तैनाथ गरिएको छ। सम्पूर्ण क्षेत्रको ड्रोन क्यामराद्वारा निगरानी गरिँदैछ। यो समाचार लेखुञ्जेलसम्म नमाज सकुशल पढ़िँदैथ्यो।

पुलिस उपायुक्त धवल जायसवालले बताए, खोड़ामा 19 वटा मस्जिद र 4 वटा मदरसा छन्। यीमध्ये दुई वटा मदरसालाई सील गरिसकिएको छ भने एउटामा नोटिस टाँसिएको छ। अर्कोतिर स्थानीय मानिसहरूले सुरक्षा बलहरूलाई सहयोग गर्दै नमाज शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने कुरा गरेका छन्। सूर्या हत्याकाण्डपछि केही हिन्दू सङ्गठनहरूले जुमेको नमाज नगर्ने चेताउनी दिएका छन्। त्यसैलाई ध्यानमा राखेर ठूलो सङ्ख्यामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande