विधवी पेन्शन दिलाउने नाममा महिलासित ठगी गर्ने पक्राउ
विधवी पेन्शन दिलाउने नाममा महिलासित ठगी गर्ने पक्राउ


नोएडा, 05 जून (हि.स.)। एक महिलाले सुरजपुर थानामा एक पुरुषले विधवी पेन्सन दिलाउने नाममा उनीबाट 2 हजार रूपियाँ लिएको तर पेन्शन नदिएको आरोप लगाउँदै उजुरी दिएकी छन्। पुलिसले रिपोर्ट दर्ता गरेपछि आरोपीलाई पक्राउ गरेको छ।

सुरजपुर थाना प्रभारी विनोद कुमारले भने, गणेशकी पत्नी गीता देवीले हिजो राति थानामा उजुरी दर्ता गराएकी थिइन्, जसमा उनले आफू कुलेसारा गाउँमा बस्ने बताएकी थिइन्। पीड़िता अनुसार उनले विधवी पेन्शनको लागि आवेदन दिएकी थिइन्। उनले सुमन नामक एक पुरुषसँग कुरा गरिन्, जसले उनलाई विधवी पेन्शन दिलाउने वाचा गऱ्यो। उसले विधवी पेन्शन दिलाउने नाममा उनीबाट 2 हजार रूपियाँ लियो तर एक वर्ष बितिसक्दा पनि उनको काम भएन। बिहिवार महिलाले जिल्ला मजिस्ट्रेट मेधा रूपमलाई भेटेर उजुरी दर्ता गरेकी थिइन्।

सत्य पत्ता लगाउन जिल्ला मजिस्ट्रेटले अभियुक्तलाई आफूलाई लाभार्थीको रूपमा प्रस्तुत गर्दै फोन गर्दा अभियुक्तले विधवी पेन्शन दिलाउने वाचा गऱ्यो। यसपछि महिलाले सुरजपुर थानामा रिपोर्ट दर्ता गरिन्। सुरजपुर थाना प्रभारी निरीक्षक विनोद कुमारले भने, पुलिसले आज बिहान अभियुक्तलाई पक्राउ गरेको छ। उसलाई आज अदालतमा पेश गरिनेछ। उ विरुद्ध ठगी लगायत विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande