मेखलिगञ्ज नगरपालिकामा ठूलो राजनीतिक परिवर्तन, तृणमूल छोड़ेर कङ्ग्रेसमा सामेल भए चेयरम्यान सहित 6 जना पार्षद
मेखलिगञ्ज नगरपालिकामा ठूलो राजनीतिक परिवर्तन, तृणमूल छोड़ेर कङ्ग्रेसमा सामेल भए चेयरम्यान सहित 6 जना पार्षद


कोलकाता, 5 जून (हि.स.)। पश्चिम बङ्गालको राजनीतिमा फेरि अर्को फेरबदल देख्न पाइएको छ। कुचबिहार जिल्लाको मेखलिगञ्ज नगरपालिकामा तृणमूल कङ्ग्रेसलाई झट्का दिँदै चेयरम्यान सहित 6 जना पार्षदहरू कङ्ग्रेसमा सामेल भए। योसँगसँगै नगरपालिकामा अब कङ्ग्रेसको कब्जामा भएको छ। शुक्रवार कोलकातास्थित विधान भवनमा प्रदेश कङ्ग्रेस अध्यक्ष शुभङ्कर सरकारको उपस्थितिमा यी नेताहरूले कङ्ग्रेसको झण्डा समाते। यस अवसरमा वरिष्ठ नेता देवप्रसाद राय र विश्वजीत सरकार पनि उपस्थित थिए।

उल्लेखनीय छ, नौ वटा वार्ड भएको सानो नगरपालिका भए पनि अहिलेघरि मेखलिगञ्जको राजनीतिक महत्व धेरै बढ़ेको छ। राज्यमा जारी राजनीतिक परिवर्तनबीच यस घटनाक्रमलाई उत्तर बङ्गालको राजनीतिमा नयाँ समीकरणको रूपमा हेरिँदैछ। चेयरम्यान प्रभात पाटनीले भने, पहिला उनीहरू तृणमूलमा बसेर मानिसहरूको लागि काम गर्न चाहन्थे, तर पार्टीको आन्तरिक कलहले गर्दा यस्तो गर्नु सम्भव छैन। उनले आरोप लगाए, वर्तमान स्थितिमा सर्वसाधारण मानिसहरू सहित व्यापारीवर्गलाई सताइरहेको छ, त्यसैले उनीहरूले कङ्ग्रेसमा सामेल हुने फसेला गरेका हुन्।

यता मेखलिगञ्जका पूर्व विधायक औ तृणमूल नेता परेश चन्द्र अधिकारीले भने, यस दलबदललाई लिएर उनीसित कुनै चर्चा गरिएन। उनी अहिले पनि तृणमूल कङ्ग्रेसमै छन्। राजनीतिक विश्लेषकहरूको मान्यता छ, कुचबिहारमा भाजपाको जीत भएदेखि नै यहाँको राजनीति अस्थिर भएको छ। तृणमूलभित्र पनि असन्तोष बढ़िरहेको छ जसको प्रभाव अब नगरपालिकाहरूमा देखिन थालेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande