
सिलगढ़ी, 05 जून (हि. स.)। विश्व पर्यावरण दिवसको अवसरमा “एउटा रूख आमाको नाममा” सन्देशसितै नक्सलबाड़ीमा वृक्षारोपण कार्यक्रम आयोजना गरियो। यो कार्यक्रम खरसाङ वन विभाग र नक्सलबाड़ी ब्लक प्रशासनको संयुक्त पहलमा बाबू जगजीवन राम होस्टल परिसरमा सम्पन्न भयो। कार्यक्रममा राज्यका राज्य मन्त्री आनन्दमय बर्मन स्वयंले पनि बिरूवा रोपेर पर्यावरण संरक्षणको सन्देश दिए। यस अवधि नक्सलबाड़ीका बीडीओ, पञ्चायत समितिका अध्यक्ष, विपक्षका नेता सहित केही गणमान्य मानिसहरू उपस्थित थिए।
मन्त्रीले भने, पर्यावरण संरक्षण आज सबैको लागि चिन्ताको विषय भएको छ,त्यसैले हरेक व्यक्ति यसमा सहभागी हुनुपर्छ। उनले प्रधानमन्त्रीको “एउटा रूख आमाको नाममा” सन्देशलाई अगाड़ि बढ़ाउँदै भने, राज्यभरि नै यो अभियान परिचालन भइरहेको छ। उनले यो जानकारी पनि दिए, आगामी एक वर्षभित्रमा एक करोड़ बिरूवा रोप्ने लक्ष्य राखिएको छ ताकि पर्यावरणलाई संरक्षित र सन्तुलित राख्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा