असममा आज 12 विधायकहरूलाई क्याबिनेट मन्त्री पदको शपथ दिलाइने
असम


गुवाहाटी, 05 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाको मन्त्रिपरिषद्ले आज 12 जना क्याबिनेट मन्त्रीहरू पाउनेछ। शुक्रवार 12 जना विधायकले क्याबिनेट मन्त्रीको सपथ लिनेछन्।

यी विधायकहरूमा अश्विनी राय सरकार, अशोक सिंघल, विमल बोरा, विश्वजित दैमारी, जयंत मल्लबरुवा, कौशिक राय, केशव महन्त, कृष्णेन्दु पाल, नीलिमा देवी, पियुष हजारिका, डा. रनोज पेगु र सुशान्त बरगोहाई छन्। समारोहमा राज्यपाल लक्ष्मणप्रसाद आचार्य, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, उच्च सरकारी अधिकारी र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ। शपथ ग्रहण समारोह गुवाहाटी स्थित ज्योति-विष्णु अन्तरराष्ट्रिय कला मन्दिरमा हुनेछ। समारोहको तयारी पूरा भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande