पानागढ़ वायुसेना स्टेशनको छेउमा संदिग्ध सीसीटीभी क्यामरा जड़ान गरेको आरोपमा दुई जनालाई समातियो
पानागढ़ वायुसेना स्टेशनको छेउमा संदिग्ध सीसीटीभी क्यामरा जड़ान गरेको आरोपमा दुई जनालाई समातियो


पश्चिम बर्दवान, 05 जून (हि.स.)। जिल्लाको पानागढ़ वायुसेना स्टेशनको सुरक्षासित जोड़िएको एउटा गम्भीर मामिलामा पुलिसले दुई जना मानिसहरूलाई पक्राउ गरेको छ।

आराेप छ, वायुसेना स्टेशनको सीमादेखि मात्र 10 मीटरको दूरत्वमा एउटा लामो पाइपको सहारामा सीसीटीभी क्यामरा जड़ान गरिएको थियो जसको माध्यमबाट पछिल्लो केही महिनादेखिको एयरबेसभित्रका गतिविधिहरू रेकर्ड गरिँदैथ्यो। जाँचमा भेटिएको तथ्यको आधारमा पुलिसले ग्यारेज मालिक मुन्ना पाण्डित र क्यामरा जड़ान गर्ने सन्दीप दुबेलाई पक्राउ गरेको छ। दुवै आरोपी पानागढ़ क्षेत्रको निवासी रहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार केही दिनअघि वायुसेना अदिकारीहरूको नजर उक्त क्यामरामा पुग्यो। जाँचमा थाहा लाग्यो, क्यामरा 360 डिग्रीसम्म घुम्न सक्षम थियो र यसको माध्यमबाट वायुसेना स्टेशनको आन्तरिक भाग तथा मुख्य प्रवेश द्वारका तस्वीरहरू रकर्ड गरिँदैथ्यो। त्यसपछि वायुसेना प्रसासनले कांकसा थानामा सिकायत दर्ता गरायो। सिकायतको आधारमा पुलिसले क्यामरालाई जफत गरी तकनिकी जाँच गरायो।

मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटका पुलिस आयुक्त डा. प्रवीण कुमार स्वयं कांकसा थानामा पुगे।उनले आरोपीहरूसित जाँचबुझ गर्नको साथै सीसीटीभी फुटेजको पनि जाँच गरे।

पुलिसको भनाइ छ, मामिलाको विस्तृत जाँच जारी छ। यो पत्तो लगाउने प्रयास गरिँदैछ, क्यामरा राख्नुको उद्देश्य के थियो, फुटेजको उपयोग कसरी गरिँदैथ्यो र यसको पछाड़ि कुनै ठूलो नेटवर्कको भूमिका त छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande