तृणमूल सञ्चालित ग्राम पञ्चायत प्रधानले दिए राजीनामा
तृणमूल सञ्चालित ग्राम पञ्चायत प्रधानले दिए राजीनामा


सिलगढ़ी, 05 जून (हि.स.)। अनास्था प्रस्ताव पेश गरिएपछि तृणमूल कङ्ग्रेस सञ्चालित अप्पर बागडोगरा ग्राम पञ्चायतका तृणमूल प्रधान सञ्जीव सिन्हाले आफ्नो पदबाट शुक्रवार राजीनामा दिेए। उनले आफ्नो त्याग पत्र बीडीओलाई सुम्पिएर औपचारिक रूपमा पद त्याग गरेको जानकारी दिए।

भनिन्छ, गत 25 मईको दिन तृणमूल कङ्ग्रेसका विद्रोही पञ्चायत सदस्यहरू तथा कङ्ग्रेस सदस्यहरूले मिलेर प्रधानविरूद्ध अनास्था प्रस्ताव पेश गरेका थिए। 21 वटा वार्ड भएको यस ग्राम पञ्चायतमा वर्ष 2022-को चुनाउमा तृणमूललाई 11, कङ्ग्रेसलाई 7, भाजपालाई 2 तथा आदिवासी विकास परिषदलाई एउटा सीट प्राप्त भएको थियो। बहुमतको आधारमा सञ्जीव सिन्हालाई प्रधान बनेका थिए।

राजीनामा दिएपछि सञ्जीव सिन्हाले भने, अनास्था प्रस्ताव पेश गरेपछि उनको सम्मानमा ठेस पुगेको छ, त्यसैले उनले पद त्याग गर्ने फसेला लिएका हुन्। उनले यो पनि स्पष्ट पारे, उनी कुनै पनि प्रकारको भ्रष्टाचारमा सामेल छैनन्। जनताप्रति आफ्नो जिम्मेवारी निभाएर नै काम गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande