
कोलकाता, 05 जून (हि.स.)। विश्व पर्यावरण दिवसको अवसरमा कोलकाताको नलबन क्षेत्रमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारीले शहरीकरण औ पर्यावरण सन्तुलनप्रति चिन्ता व्यक्त गरेका छन्। उनले भने, द्रूत गतिमा बढ़्दो कङ्क्रिटको जङ्गल तथा बड़े-बड़े आवासीय परिसरहरूबीच हरियाली लगभग विलोप हुँदै गइरहेको छ जसको भविष्यमा गम्भीर परिणाम भोग्नु पर्नसक्छ।
मुख्यमन्त्रीले स्पष्ट रूपमा भने, भवन निर्माण योजनालाई स्वीकृति दिने अधिकारीहरूले यो सुनिश्चित गर्नुपर्छ कि न्यूनतम पनि एक-तिहाई भूमिमा वृक्षरोपण अनिवार्य रूपमा होस्, तर व्यवहारमा यस नियमलाई पालन गरिरहेको छैन। उनले यसलाई ग्भीर लापरवाही बताउँदै भने, पर्यावरणलाई सन्तुलित राख्नको लागि यस नियमलाई कड़ाईपूर्वक लागू गर्न आवश्यक छ।
यस अवसरमा राज्य सरकारको पक्षबाट ‘आमाको नाममा एउटा वृक्ष’ अभियान अन्तर्गत 6 लाख फलदार बिरूवा रोप्ने योजना बारे जानकारी गराइयो। साथै आगामी मनसुन सत्रमा 01 करोड़ 10 लाख बिरूवा रोप्ने लक्ष्य निर्धारण गरिएको छ। मुख्यमन्त्रीले भने, वृक्षरोपण मात्र होइन, त्यसको संरक्षण पनि त्यतिकै महत्वपूर्ण छ अन्यथा यो एउटा औपचारिकता मात्र बन्नेछ।
उनले शिक्षा व्यवस्थामा पर्यावरण औ वृक्षारोपणलाई अझ व्यापक रूपमा सामेल गर्ने आवश्यकतामाथि पनि बल दिए। मुख्यमन्त्रीले भने, स्कूलहरूको पाठ्यक्रममा यस विषयमा पहिलाबाटै अध्याय रहे पनि यसलाई अझ प्रभावकारी बनाउने आवश्यकता छ ताकि नयाँ पिँढ़ीमा पर्यावरणप्रति जागरूकता बढ़ोस्।
मुख्यमन्त्रीले वन क्षेत्रको अवैध हस्तान्तरण तथा रूखहरूको कटाईलाई लिएर चिन्ता व्यक्त गर्दै भने, जङ्गलमहल र तराई-डुवर्स क्षेत्रलाई आफ्नो प्राकृतिक सुन्दरताको लागि चिनिन्छ, तर त्यहाँ पनि रूखहरू काट्ने गरेको थाहा लागेको छ जुन गम्भीर विषय हो।
उनले धार्मिक औ सार्वजनिक स्थलहरूको स्वच्छतामाथि पनि बल दिए। उनले भने, कालीघाट, दक्षिणेश्वर मन्दिर र कपिल मुनि आश्रम जस्ता स्थलहरूलाई स्वच्छ अनि सुव्यवस्थित बनाउने सरकारको जिम्मेवारी हो। यस अवसरमा उनले नलबन क्षेत्रको झीलमा माछाका भुराहरू छोड़े।
कार्यक्रममा मन्त्री शङ्कर घोष, शारद्वत मुखोपाध्याय, विधायक पीयूष कानोरिया, लकेट च्याटर्जी, मुख्य सचिव मनोज अग्रवाल, मुख्यमन्त्रीका सल्लाहकार सुब्रत गुप्ता सहित वरिष्ठ प्रशासनिक अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा