
नोएडा, 05 जून (हि.स.)। सूचनाको आधारमा कारबाही गर्दै थाना फेस 1 पुलिसले शुक्रवार बिहान तीन कुख्यात चोरहरूलाई पक्राउ गरेको छ। यी अपराधीहरूले मोबाइल फोन चोरेर पार्टपुर्जा बेच्नेगर्थे। पुलिसले उनीहरूदेखि 65 स्मार्टफोन जफत गरेको छ।
अतिरिक्त उपायुक्त क्षेत्र 1 उपायुक्त मनिषा सिंहले बताइन्, सूचनाको आधारमा कारबाही गर्दै थाना फेज 1 पुलिसले आज बिहान एक गोलचक्कर नजिकै पवन, गोलु र एक किशोरलाई पक्राउ गरेको छ। उनले थप भनिन्, पुलिसले विभिन्न स्थानबाट चोरी भएका आईफोन र अन्य स्मार्टफोनहरू जफत गरेको छ। जफत गरिएका मोबाइल फोनहरूको कूल संख्या 65 छ।
सोधपुछको क्रममा पुलिसले थाहा पायो कि आरोपीहरूले महँगो मोबाइल फोनहरू चोर्छन् र त्यसपछि तिनीहरूलाई भत्काएर पार्टपुर्जा बेच्छन्। गिरोहले 200 भन्दा बढ़ी स्मार्टफोनहरू चोरेको स्वीकार गरेको छ। तिनीहरूले पार्टपुर्जा बेच्ने व्यक्तिहरूको पहिचान गर्न खोजी भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी