पूर्व मेदिनीपुरमा तृणमूल नेता शेख शमसुल इस्लाम पक्राउ
पूर्व मेदिनीपुरमा तृणमूल नेता शेख शमसुल इस्लाम पक्राउ


मेदिनीपुर, 05 जून (हि.स.)। पूर्व मेदिनीपुर जिल्ला परिषदका स्वास्थ्य कर्माध्यक्ष औ तृणमूल कङ्ग्रेस नेता शेख शमसुल इस्लामलाई नन्दीग्राम थाना पुलिसले पक्राउ गरेको छ। पुलिसले उनलाई बितेको बिहीवार अबेर राताी दाउदपुरस्थित निजी आवासबाट हिरासतमा लिएको हो।

पुलिस सूत्र अनुसार शेख शमसुल इस्लामविरूद्ध बमबाजीसित सम्बन्धित एउटा मामिलाको जाँच भइरहेको थियो। गत अप्रेल महिनामा उनको घरमा भएको बम विस्फोटपछि यो मामिला सार्वजनिक भएको थियो। त्यस घटनामा उनका छोरा घाइते भएको जानकारी पनि प्राप्त भएको थियो।

स्थानीय मानिसहरू मुताविक घरको सिँढ़ी मुनी राखिएको एउटा पोलिथिन प्याकेटलाई छुँदा भयानक विस्फोट भएको थियो। घटनापछि पुलिसले घटनास्थलमा पुगेर जाँच गर्दा केही ताजा बमहरू पनि भेटिएको थियो। त्यसपछि मामिलामा अग्रिम जाँच शुरू गरिएको थियो।

जाँच गर्ने क्रममा पुलिसलाई शेख शमसुल इस्लाम कथित रूपमा संलिप्त रहेको सङ्केत प्राप्त भयो। गए बिहीवार अबेर राती नन्दीग्राम थाना पुलिसले दाउदपुर क्षेत्रमा अभियान सञ्चालन गरी उनको घरलाई घेराबन्दी गऱ्यो अनि त्यहीँबाट उनलाई पक्राउ गऱ्यो।

नन्दीग्राम थानाका प्रभारी अजय कुमार मिश्राले बताए, बम विस्फोटको मामिलामा तृणमूल नेतालाई पक्राउ गरिएको छ। मामिलाको जाँच भइरहेको छ।

यसबीच दक्षिण 24 परगनाको भाङ्गड़ क्षेत्रका तृणमूल नेता शौकत मोल्लालाई खोज्नको राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले छापामारी गरिरहेको छ। एजेन्सीले उनको घर अनि पार्टी कार्यालयमा खानतलासी गरिसकेकोछ। तथापि अहिलेसम्म उनको बारेमा पत्तो लाग्न सकेको छैन। उनका छोरा इमरान मोल्लासित जाँचबुझ भइरहेको बताइन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande