
कुचबिहार, 05 जून (हि. स.)। जब् कार्डलाई पुनः शुरू गर्ने मागमा कुचबिहार एक नम्बर ब्लकको बीडीओ कार्यालय सामु शुक्रवार सयकड़ौं ग्रामीणहरूले व्यापक प्रदर्शन गरे।
प्रदर्शनकारीहरूको आरोप छ, राजनीतिक द्वेषको कारणले उनीहरूको जब् कार्ड रद्द गरियो। उनीहरूको भनाइ छ, वाम शासनकालमा उनीहरूसित वैध जब् कार्ड थियो, तर पछि तृणमूल कङ्ग्रेसको सरकार आएपछि उनीहरूलाई विभिन्न सरकारी सहुलियतहरूदेखि वञ्चित राखियो।
ग्रामीणहरूको आरोप छ, उनीहरूको जब् कार्डलाई रद्द गरियो जसले गर्दा उनीहरूले लामो समयदेखिको काम पाएका छैनन्। उनीहरूले बताए, पहिला पनि कैयौं पटक प्रशासनसित सिकायत गरिसकिएको छ, तर कुनै हल गरिएन। हामी बाध्य भएर बीडीओ कार्यालय सामु धरनामा बसेका हौं।
प्रदर्शन अवधि क्षेत्रको वातावरण तनाउपूर्ण देखियो। ग्रामीणहरूले चेताउनी दिए, यदि उनीहरूको मागलाई चाँड़ै पूरा नगरिए उनीहरूले ब्यापक स्तरमा आन्दोलन गर्नेछन्। तथापि यस मामिलामा प्रशासनको पक्षबाट यो समाचार लेखुञ्जेलसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा