
कोलकाता, 05 जून (हि.स.)। पश्चिम बङ्गालको कोलकाता नगरनिगम (केएमसी) -का मेयर औ तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता फिरहाद हकिमले शुक्रवार आफ्नो पदबाट राजीनामा दिए। उनले राजीनामा दिएपछि भने, “म शिर उचा राखेर गइरहेको छु”। यो निर्णय उनले पार्टी नेतृत्वको सहमतिबाट लिएका हुुन्।
राजीनामा दिनअघि शुक्रवार आयोजित प्रेस कन्फ्रेन्समा फिरहाद हकिमले आफ्नो कार्यकालको उल्लेख गर्दै भने, उनले लगभग 7.5 वर्षसम्म कोलकाताको मेयरको रूपमा काम गरे। यस अवधि उनले धेरै वटा चुनौतीहरूको सामना गरे जसमा चक्रवात अम्फान औ कोभिड-19 महामारी जस्ता आपदाहरू सामेल छन्। उनले भने, यी सङ्कटहरूको सामना गर्नको लागि कोलकाता नगरनिगमका अधिकारी एवं शहरवासीहरूक महत्वपूर्ण सहयोग प्राप्त भयो। हामीले मिलेर नै चुनौतीहरूलाई नियन्त्रण गऱ्यौं।
आफ्नो रीजनामालाई लिएर उनले भने, म शिर उचा राखेर गइरहेको छु। मैले आफ्ना नेतासित अनुमति मागेको थिएँ जसको लागि उनले मलाई अनुमति दिए।
हकिमले यो पनि स्मरण गराए, उनलाई नोभेम्बर, 2018-मा मेयर बनाइएको थियो। त्यसबेला उनलाई शङ्का लागेको थियो कि उनले नगरनिगमको ऐतिहासिक धरोहरलाई अगाड़ि बढ़ाउन सक्छन् कि सक्दैनन्। उनलाई यस पदमा ती महान हस्तिहरूको परम्परालाई अगाड़ि बढ़ाउने अवसर प्राप्त भयो जसले एक समयमा यो कुर्सीलाई सम्हालेका थिए।
फिरहाद हकिमलाई तृणमूल कङ्ग्रेसका प्रमुख अल्पसंख्यक अनुहारहरूमध्ये एक मानिन्छ। कोलकाताको शहरी राजनीतिमा उनको भूमिका महत्वपूर्ण रहिआएको छ।
उनको राजीनामालाई लिएर अहिलेघरि राजनीतिक जगतमा चर्चा चुलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा