
चिराङ्ग (असम), 05 जून (हि.स.)। विश्व पर्यावरण दिवसको अवसरमा 156औं बटालियन केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) -द्वारा शुक्रवार मेगा वृक्षारोपण अभियान-2026 को आयोजन गरियो। यस अभियान अन्तर्गत असमको कुकुरमारी तथा यस वरपरका विभिन्न क्षेत्रहरूमा 500 वटा बिरूवा रोपियो।
कार्यक्रमको नेतृत्व 156औं बटालियनको द्वितीय कमान अधिकारी कन्हैया सिंहले गरेका थिए। यस अवसरमा इण्डियन ओयल कर्पोरेशन लिमिटेड (आईओसीएल)-का वरिष्ठ अधिकारी जीएम र डीजीएम सहित बटालियनका अधिकारी, जवान एवं ठूलो सङ्ख्यामा स्थानीय नागरिकहरू उपस्थित थिए।
वृक्षारोपण अभियानमा कन्हैया सिंहले पर्यावरण संरक्षणको महत्वमाथि प्रकाश पार्दै भने, मानव जीवन औ प्रकृतिबीच सन्तुलन कायम राख्नको लागि वृक्ष अत्यन्त आवश्यक छ। उनले मानिसहरूलाई अधिकभन्दा अधिक रूख रोप्ने र त्यसको हेरचाह गर्ने आह्वान गर्दै “रूप रोपौं, पर्यावरण बचाऔं”- को सन्देश जन-जनसम्म पुऱ्याउनेमाथि बल दिए।
उनले भारत सरकारको पहल ‘एउटा रूख आमाको नाम 2.0’ अन्तर्गत नागरिकहरूलाई आफ्नो घर, गाउँ तथा वरपरका क्षेत्रहरूमा वृक्षरोपण गर्नको लागि प्रेरित गरे। कार्यक्रममा पर्यावरण संरक्षण तथा हरित भविष्यको निर्माणप्रति सामूहिक सङ्कल्प पनि लिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा