
नयाँ दिल्ली, 05 जून (हि.स.)। लोधी कलोनीमा गए बिहीवार राती सीवर पाइपलाइन बिछ्याउने कार्य भइरहेको बेला एउटा पर्खाल भत्केर तीनजना मजदुरहरू अवशेषहरूमा पुरिए जसमध्ये एकजनाको मृत्यु भयो भने अन्य दुई जना गम्भीर रूपमा घाइते भए। अर्कोतिर ग्रेटर कैलाश-1 स्थित टाटा कम्युनिकेशन्सको कार्यालयमा गए अबेर राती आगो लागेको कारणले कोकोहोलो मचियो। आगोलाई निभाउने क्रममा दुई जना दमकलकर्मीहरू पनि जलेर घाइते भए।
जानकारी अनुसार अबेर राती लगभग 1:18 बजे लोधी होटलको छेउमा सीवर पाइपलाइनको काम भइरहेको थियो। यसै अवधि एउटा बाउण्ड्री वाल अचानक भत्केर ढल्यो जसले गर्दा त्यहाँ काम गरिरहेका तीन जना श्रमिकहरू अवशेषहरूमा दबिए। स्थानीय मानिसहरूको तत्परतामा दुई जना श्रमिकहरूलाई बाहिर निकालेर तत्काल एम्स ट्रमा सेन्टरमा पठाइयो। सूचना पाएर दमकल विभागको टीम घटनास्थलमा पुग्यो अनि तेस्रो श्रमिकलाई अवशेषहरूबाट बारिर निकाल्यो।
घाइतेहरूको पहिचान 48 वर्षीय राजेश र 20 वर्षीय उमरको रूपमा भएको छ। दुवैको एम्स ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यसरी नै 55 वर्षीय देवेन्द्रलाई ग म्भीर अवस्थामा अस्पतालमा पुऱ्याइयो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
अर्कोतिर राती लगभग 2:47 बजे ग्रेटर कैलाश-1 स्थित टाटा कम्युनिकेशन्स कार्यालयमा आगो लागेको सूचना प्राप्त भयो। दमकल विभागले तत्काल दुई वटा वाहनलाई घटनास्थलमा पठाइदियो। आगोको गम्भीरतालाई मध्यनजर गर्दै अतिरिक्त दमकल वाहनलाई बोलाइयो। लगगभग अढ़ाई घण्टाको कड़ा परिश्रमपछि बिहान 5:30 बजे आगोलाई नियन्त्रण गरियो भने बिहान 7:05 बजे अपरेशन पूर्ण रूपले समाप्त भएको घोषणा गरियो।
प्रारम्भिक जाँचमा थाहा लागे अनुसार आगो भवनको तेस्रो तलामा अवस्थित ब्याटरी रूममा लागेको थियो। आगोबाट लगभग 2 सय फुट क्षेत्र प्रभावित भएको छ। आगो निभाउने क्रममा मथुरा रोड दमकल स्टेशनका दुई जना दमकलकर्मी क्रमैले सन्दीप र सुरेशको हात जल्यो जसलाई सफदरजङ्ग अस्पतालमा भर्ती गरिएको छ। अधिकारीहरू अनुसार भवनमा ग्राउण्ड प्लस पाँच तला छ।
आगलागीको कारणको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा