
गेजिङ, 05 जून (हि.स.)। केन्द्रिय सडक यातायात तथा राजमार्ग राज्यमन्त्री अजय टाम्टाले आफ्नो भ्रमणको दोस्रो दिन आज पेलिङको चेरेजी प्रतिमा र ग्लास स्काईवाकको भ्रमण गरे। यस क्रममा उनले सिक्किम सरकारको सडक तथा पुल विभागका अधिकारीहरूसँग छलफल गरे र जिल्लामा सडक पूर्वाधारको स्थितिको समीक्षा गरे।
अन्तरक्रियाको क्रममा उनले सडक सम्पर्क सुधार गर्ने आवश्यकतामा जोड दिए र मानक सडक पूर्वाधारको विकासको लागि ओडिशाको केन्द्रिय सडक अनुसन्धान संस्थानसँग परामर्श गरी विस्तृत परियोजना प्रतिवेदन तयार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिए।
मन्त्रीको भ्रमणको उद्देश्य सिक्किमभरि पूर्वाधार विकासको प्रगतिको समीक्षा गर्नु, सम्पर्क सञ्जाल सुदृढ गर्नु र रणनीतिक सडक परियोजनाहरूको कार्यान्वयनलाई तीव्र पार्नु रहेको बताइएको छ। यसैगरी, राज्यको सामाजिक-आर्थिक विकास र रणनीतिक हितका लागि महत्त्वपूर्ण परियोजनाहरू समयमै पूरा गर्नका लागि चलिरहेका कामहरूको मूल्याङ्कन गर्नु र समन्वयित प्रयासहरूलाई सहज बनाउनु पनि भ्रमणको उद्देश्य रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल