एसआईआर: राज्यमा अहिलेसम्म २,६२,५५५ गणना फारामहरू वितरित
राज यादव


गान्तोक, 05 जून (हि.स.)। सिक्किम राज्यमा हालसम्म कुल २,६२,५५५ गणना फारामहरू वितरण गरिएको छ। यसैगरी, डिजिटलाइजेसनको मोर्चामा ३,८०४ फारामहरू सफलतापूर्वक डिजिटलाइज गरिएको छ भने ३३५ मतदाताहरूले मतदाता सेवा पोर्टल/ईसीआईनेट एप मार्फत अनलाइन फारामहरू बुझाएका छन्। उक्त जानकारी सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले दिएका हुन्।

मुख्य निर्वाचन अधिकारी यादवले आज पत्रकार सम्मेलनमा जारी विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ को प्रगतिको विवरण साझा गर्दै बुथ स्तरीय अधिकारीहरू (बीएलओ) र अन्य क्षेत्रीय कार्यकर्ताहरूको प्रयासको प्रशंसा गरे, जसले घर-घर पुगेर प्रभावकारी कभरेज र संशोधन प्रक्रियाको समयमै प्रगति सुनिश्चित गरे।

उनले भने, राज्यभरि अहिलेसम्म २,६२,५५५ गणना फारामहरू (५५.७४%) वितरण गरिएका छन्। यो अभयास घर-घर पुगेर बीएलओ मोबाइल एप्लिकेशनको प्रयोग गरेर डिजिटल प्रमाणीकरणद्वारा गरिॅंदैछ, जसले राम्रो कभरेज र एक्यूरेसी सुनिश्चित गर्ने कार्य भइरहेको छ। यसरी नै ३,८०४ (०.८१%) फाराम डिजिटाइज गरिएका छन् भने ३३५ जना मतदाताहरूले भोटर सेवा पोर्टल/ईसीआईनेट एपको माध्यमद्वारा फाराम अनलाइन जमा गरेका छन्। यसले बिस्तारै मानिसहरूले डिजिटल प्लेटफर्म पनि प्रयोग गरिरहेको स्पष्ट हुन्छ भनी मुख्य निर्वाचन अधिकारी यादवले बताए।

उनले अझ भने, समीक्षाको क्रममा धेरै क्षेत्र-सम्बन्धित मुद्दाहरूलाई पनि सम्बोधन गरिएको छ। गणना र प्रमाणीकरणको प्राथमिक माध्यमको रूपमा बीएलओहरूले अनिवार्य घर-घर भ्रमणहरू जारी राख्नुपर्ने कुरा दोहोर्‍याइयो। पूरक सुविधा उपाय बाहेक मतदाताहरूलाई साझा स्थानहरूमा बोलाउन निरुत्साहित गरिएको पनि उनले स्पष्ट पारे। यस अतिरिक्त, मतदाताहरू र सरोकारवालाहरूलाई सहयोग गर्न बीएलओहरू प्रत्येक आइतबार (दिउँसो १२ देखि २ बजीसम्म) आ-आफ्नो सम्बन्धित मतदान केन्द्रहरूमा दुई घण्टा उपलब्ध हुनेछन्।

उनले नागरिकहरूलाई अनलाइन दर्ता र अद्यावधिकहरूको लागि मतदाता सेवा पोर्टल र ईसीआईनेट एप प्रयोग गर्न प्रोत्साहित गरे। उनले लगभग 10 जना बीएलओहरूले आ-आफ्नो क्षेत्रहरूमा १००% गणना फाराम वितरण गरिसकेको बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande