मेयरले स्वामी दयानन्द अस्पतालको अत्याधुनिक अपरेशन थिएटर ब्लकको उद्घाटन गरे
मेयरले स्वामी दयानन्द अस्पतालको अत्याधुनिक अपरेशन थिएटर ब्लकको उद्घाटन गरे


नयाँ दिल्ली, 06 जून (हि.स.)। मेयर प्रवेश वाहीले शनिवार स्वामी दयानन्द अस्पतालको नवनिर्मित उन्नत अपरेशन थिएटर (ओटी) ब्लकको उद्घाटन गरे। यसै अवसरमा अस्पतालमको दुई वटा अत्याधुनिक 4 के ल्याप्रोस्कोपिक सर्जरी सिस्टम र अर्थोपेडिक एवं ट्रमा सर्जरीको लागि सी-आर्म (इमेज इन्टेन्सिफायर) मशिनको पनि लोकार्पण गरियो। यस अवधि स्थायी समिति अध्यक्ष सत्या शर्मा औ नेता सदन जय भगवान यादव पनि उपस्थित थिए।

अस्पताल प्रशासन अनुसार लगभग 1.70 करोड़ रुपियाँको लागतमा दुई वटा 4 के ल्याप्रोस्कोपिक सिस्टम तथा 35 लाख रुपियाँको लागतमा सी-आर्म मशिन स्थापित गरिएको छ। यी आधुनिक उपकरणहरूबाट अस्पतालमा रोगीहरूलाई उच्च गुणस्तरीय,सुरक्षित तथा अधिक सठीक सर्जिकल सुविधा उपलब्ध हुनेछ।

उद्घाटनको अवसरमा मेयर प्रवेश वाहीले भने, दिल्ली नगरनिगमको लक्ष्य नागरिकहरूलाई श्रेष्ठ, सहज तथा आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। उनले भने, यी अत्याधुनिक उपकरणहरूबाट सर्जररीको गुणस्तरमा मात्र सुधार नआएर रोगीहरूको उपचारलाई पनि अधिक सुरक्षित र प्रभावकारी बनाउन सकिन्छ।

स्थायी समिति अध्यक्ष सत्या शर्माले भने, स्वास्थ्य क्षेत्रमा आधुनिक तकनिकलाई समावेश गर्नु समयको आवश्यकता हो र यसबाट रोगीहरूलाई उनन्त उपचार सुविधा प्राप्त हुनेछ। नगरनिगम जनस्वास्थ्य सेवाहरूलाई अझ बढ़ी सशक्त बनाउनको लागि प्रतिबद्ध छ।

नेता सदन जय भगवान यादवले यसलाई पूर्वी दिल्लीका नागरिकहरूको लागि महत्वपूर्ण कदम बताउँदै भने, अब मानिसहरूलाई उच्च स्तरीय सर्जरीको लागि अन्य संस्थानहरूमाथि निर्भर रहनु पर्नेछैन। अत्याधुनिक लैप्रोस्कोपिक एवं आर्थोपेडिक सुविधा उपलब्ध हुनाले पूर्वी दिल्लीका लाखौं नागरिकहरूलाई उच्चस्तरीय उपचारको लाभ प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande