बङ्गालमा जारी रहनेछ छुटपुट वर्षाको सिलसिला, तीव्र हावा चल्ने सम्भावना
weather


कोलकाता, 0 6 जून (हि.स.)। गए शुक्रवार सवेरै परेको मुसलधारे पानीले कोलकाता लगायत दक्षिण बङ्गालका मानिसहरूलाई आद्रतापूर्ण गर्मीबाट राहत दिलाए पनि मौसम फेरि एकपटक गर्मी तथा असहज भएको छ। यसबीच मौसम विभागले आगामी केही दिनसम्म रोकिँदै पानी पर्ने अनि हुरी चल्ने सम्भावना व्यक्त गरेको छ।

अलिपुर मौसम विभाग अनुसार शनिवार कोलकातामा मेघ गर्जनसितै वर्षा हुनसक्छ। यो सँगसँगै 40-50 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्ने अनुमान छ। हावड़ा र हुगली जिल्लाको लागि पनि यस्तै पूर्वानुमान जारी गरिएको छ।

शनिवार दक्षिण बङ्गालका सात वटा जिल्लाहरू क्रमैले पश्चिम मेदिनीपुर, बाँकुड़ा, पूर्व बर्धमान, पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद औ नदियामा 60 किलोमीटर प्रतिघण्टाको गतिले हुरी चल्ने सम्भावना छ भने यीमध्ये नदिया र पूर्व बर्धमानमा कतै-कतै घना वर्षा हुनसक्छ।

मौसम विभागले बतायो, दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा पनि आगामी सप्ताहसम्म हल्कादेखि मध्यम वर्षाको सिलसिला जारी रहनसक्छ। तथापि यसबाट चर्को गर्मी र आद्रताबाट त्यति राहत पाउने सम्भावना छैन। विभागानुसार आगामी सातसम्म बङ्गालको तापमानमा कुनै ठूलो घट-बढ़ हुने आशा छैन।

मौसम वैज्ञानिकहरू अनुसार दक्षिण भारतमा मनसुनले प्रवेश गरिरहेको भए पनि हाल यो उत्तर बङ्गालसम्म आइपुगेको छैन। वर्तमानमा पूर्वी उत्तर प्रदेशदेखि माथि समुद्र तलदेखि लगभग 1.5 किलोमीटरको उच्चतामा एक चक्रवाती परिसञ्चरण सक्रिय भएको छ। यस अतिरिक्त उत्तर बङ्गाल र योसित संलग्न बिहार क्षेत्रको माथि पनि समुद्र तलदेखि 0.9 किलोमीटरको उच्चतामा अर्को चक्रवाती परिसञ्चरण विकसित भएको छ।

यी मौसमी प्रणालीहरूको प्रभावले बङ्गालको खाड़ीबाट प्रचुर मात्रामा जलवाष्प पूर्वी भारतको भू-भागमा प्रवेश गरिरहेको छ जसको फलस्वरूप उत्तर र दक्षिण बङ्गालमा मेघ गर्जनसितै वर्षा तथा हावा-हुन्डरीको लागि अनुकूल परिस्थिति उत्पन्न भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande