
इम्फाल, 06 जून (हि.स.)। मणिपुरमा सुरक्षा बल तथा राज्य पुलिसले अलग-अलग अभियानहरूमा प्रतिबन्धित उग्रवादी सङ्गठनहरूसित आबद्ध दुई जना क्याडरहरूलाई पक्राउ गरेको छ भने अर्कोतिर तम्बाकु उत्पादको अवैध ढुवानी गरेको आरोपमा अर्को एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ।
सुरक्षा बलहरूले गए शुक्रवार काकचिङ्ग जिल्लाको हियाङ्गलाम थाना क्षेत्रस्थित वाबागाई थिङ्गेल लेइकाईबाट प्रतिबन्धित पीपुल्स लिबरेशन आर्मी (पीएलए) का सक्रिय सदस्य हुद्रोम बयबय सिंह (28) लाई पक्राउ गरे। अधिकारीहरू अनुसार, हुद्रोम हतियारहरूको तस्करी तथा विभिन्न क्षेत्रहरूमा सङ्गठनको ब्यानर, झण्डा एवं प्रतीक चिन्ह लगाउने जस्ता गतिविधिहरूमा सामेल थिए। तिनको कब्जाबाट केही आपत्तिजनक सामग्रीहरू पनि जफत गरिएको छ।
यसै दिनको अर्को अभियानमा सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको लमसाङ्ग माखा लेइकाईबाट प्रतिबन्धित काङ्गलेइपाक कम्युनिस्ट पार्टी (एमएफएल) का सक्रिय क्याडर थाङ्गजाम दिया सिंह उपनाम मणिमातुम (26) लाई पक्राउ गरे जसको कब्जाबट केही आपत्तिजनक वस्तुहरू पनि जफत गरियो।
यसरी नै मणिपुर पुलिसले थौबल जिल्लाको लिलोङ्ग उकू निवासी मोहम्मद अजमल खान (26) लाई सूर्तीजन्य उत्पादहरूको अवैध ढुवानी गरेको आरोपमा पक्राउ गऱ्यो। उसलाई काकचिङ्ग जिल्लाको पल्लेल थाना क्षेत्रस्थित पल्लेल-चँदेल मार्गमा पायनियर स्कूलको छेउमा रोकेर जाँच गरियो। पुलिसले उसको कब्जाबाट एउटा सुपर क्यारी वाहन पनि जफत गऱ्यो जसको उपयोग उसले कथित रूपमा सूर्तीजन्य उत्पादहरूको परिवहनमा गर्दै आइरहेको थियो।
पुलिस औ सुरक्षा एजेन्सीहरूले बताए अनुसार तीनै मामिलामा अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा