एसकेएम सरकारमाथि राज्यको वन-जङ्गल दोहन गरेको सीएपीको आरोप
सीएपीको पत्रकार सम्मेलन।


गान्तोक, 06 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम) सरकारमा वन-जङ्गलको व्यापक दोहन भइरहेको आरोप लगाएको छ। सीएपीले एसकेएम सरकारमा सिक्किमको चिनारी हरियो वन मासिॅंदै गइरहेको पनि दाबी गरेको छ।

सीएपी प्रवक्ता महेश राईले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा यस्तो आरोप लगाए। उनले विश्व पर्यावरण दिवसको अवसरमा हिजो सीएपीले दक्षिण जिल्ला भ्रमण गरेको र सदाम रिजर्भ फरेस्टमा मनपरी अनि लापरवाहीपूर्वक रुखहरू काटिएको देखेको बताए। उनले राभाङलाको रायोङ फरेस्टको स्थिति पनि यस्तै रहेको दाबी गरे।

प्रवक्ता राईले धुप्पी वन-जङ्गलको लागि उपयुक्त नरहेको कारण बताउॅंदै यसलाई काट्ने कार्य गरिॅंदै थियो भने धुप्पीको नाममा अन्य प्रजातिका रुखहरू पनि काट्ने कार्य भइरहेको बताए। उनले उक्त जङ्गलहरूमा चॉंप, सखुवा, टिक आदि जस्ता रुखहरू पनि काटिएको दाबी गरे।

अर्कातिर, सीएपीले राज्यभरि कुन-कुन ठाउॅंमा, कुन प्रजाति र कति रुखपात काट्ने अनुमति दिइएको जानकारी माग गर्दै सम्बन्धित विभागलाई आरटीआई गर्दा विभागले केवल गान्तोक र पाकिम जिल्लाको जानकारी दिएर टार्ने काम गरेको आरोप लगाए। उनले सिक्किमको समृद्ध वन-जङ्गल पुर्खाहरूको देन हो भन्दै यसलाई मास्ने अधिकार वन विभाग मन्त्रीलाई नरहेको बताए। उनले सिक्किमको वन-जङ्गल मासेकोमा वन विभाग मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनी माग पनि गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande