प्रसिद्ध कवि, नाटककार अतुलचन्द्र हज़ारिकाको पुण्यतिथिमा मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पित
प्रसिद्ध कवि, नाटककार अतुलचन्द्र हज़ारिकाको पुण्यतिथिमा मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पित


गुवाहाटी, 07 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज प्रसिद्ध कवि, नाटककार, गद्य लेखक, शोधकर्ता औ बाल साहित्यकार अतुलचन्द्र हज़ारिकाको पुण्यतिथिमा आफ्नो संवेदना व्यक्त गरेका छन्।

मुख्यमन्त्री डा. सरमाले सोशल मीडिया फेसबुकमा एउटा पोस्ट साझा गर्दै भनेका छन्, प्रसिद्ध कवि, नाटककार, गद्य लेखक, शोधकर्ता एवं बाल साहित्यकार अतुलचन्द्र हज़ारिका असमिया साहित्यको विशाल क्षेत्रका एकजना चिर सम्माननीय व्यक्तित्व हुन्। असम साहित्य सभाका अध्यक्षको पदलाई पनि अलङ्कृत गर्ने हज़ारिकाका रचनाहरूले हामीलाई उज्यालो बाटो देखाए।

साहित्याचार्यको योगदानबाट असमिया साहित्य जगत औ विशाल असमिया समाजले सदैव प्रेरणा पाइरहनेछ। आज उनको पुण्यतिथिमा हामी उनलाई गहिरो श्रद्धा बोकेर स्मरण गरिरहेका छौं।

उल्लेखनीय छ, अतुल चन्द्र हजारिकाको जन्म 09 सेप्टेम्बर, 1903-मा गुवाहाटीमा भएको थियो। उनका पिता रमाकान्त हजारिका एवं माता निरूपमा हजारिका थिए। उनको निधन 07 जून, 1986-मा भएको थियो। उनी एकजना असमिया कवि, नाटककार, गद्य लेखक औ बाल साहित्यकार थिए। वर्ष 1953-देखि 1956 सम्म उनलाई लगातार तीन पटक अस साहित्यसभाको महासचिव चुनिएको थियो। वर्ष 1959-मा असम साहित्य सभाको नगाउँ अधिवेशनमा उनले सम्मेलनको अध्यक्षता गरेका थिए। असम साहित्य सभाले वर्ष 1982-मा उनलाई साहित्याचार्यको उपाधिले सम्मानित गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande