इण्डी गठबन्धनको प्रस्तावित बैठकमाथि अग्निमित्राको कटाक्ष, भनिन्- जुन दलको कुनै आदर्श छैन, त्यसको अस्तित्व छैन
इण्डी गठबन्धनको प्रस्तावित बैठकमाथि अग्निमित्राको कटाक्ष, भनिन्- जुन दलको कुनै आदर्श छैन, त्यसको अस्तित्व छैन


कोलकाता, 07 जून (हि.स.)। पश्चिम बङ्गाल सरकारकी मन्त्री अग्निमित्रा पालले आगामी 8 जूनमा प्रस्तावित इण्डी गठबन्धनको बैठकलाई लिएर चर्को हमला गरेकी छन्। उनले भनिन्, विपक्षी गठबन्धनभित्रै एकता छैन। कुनै दल बैठकमा सामेल हुने कि नहुने, असमञ्जसको स्थितिमा छ।

अग्निमित्रा पालले भनिन्, बैठक त भइरहेको छ, तर त्यसमा को जान्छ? वाम मोर्चाका सर्वदलीय अध्यक्षले लगातार यो आरोप लगाइरहेका छन्, भाजपा र वामपन्थीबीच अण्डर-द-टेबल सम्झौता भएको छ। यदि यस्तै हो भने इण्डी गठबन्धनले वाम दलहरूलाई बैठकमा किन आमन्त्रित गरिरहेको छ?

उनले भनिन्, गठबन्धनका सहयोगी दलहरूबीचमा पनि मतभेद रहेको स्पष्ट देखिँदैछ। उनी अनुसार डीएमकेले पनि आफ्ना विरोधीहरूलाई आमन्त्रित गरिएको बैठकमा सामेल हुने सन्दर्भमा असन्तुष्ट व्यक्त गरेको छ। यता राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव पनि बैठकमा सामेल नहुने चर्चा भइरहेको छ। उनले तृणमूल कङ्ग्रेसको उल्लेख गर्दै भनेिन्, ममता ब्यानर्जीको तृणमूल कङ्ग्रेस अब उनको रहेन। उनको पार्टीको भूमिका पनि स्पष्ट छैन।

मन्त्रीले भनिन्, जुन राजनीतिक दल वा गठबन्धनको कुनै आदर्श, नीति एवं दर्शन छैन, उसको अस्तित्व लामो समयसम्म रहनसक्दैन। देशका 140 करोड़ मानिसहरूले इण्डी गठबन्धनलाई पहिला नै अस्वीकार गरिसकेका छन्। त्यसैले यो बैठक पूर्ण रूपले असफल साबित हुनेछ।

अग्निमित्रा पालले दाबी गरिन्, विपक्षी दलहरूले राजनीतिक अस्तित्वलाई बचाउनका लागि मात्र एउटै मञ्चमा आउने प्रयास गरिरहेका छन् जबकि जनताले उनीहरूको उद्देश्य र कार्यशैलीलाई राम्ररी बुझिसकेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande