
कोलकाता, 07 जून (हि.स.)। पश्चिम बङ्गाल सरकारकी महिला एवं शिशु कल्याण तथा शहरी विकास मन्त्री अग्निमित्रा पालले आफ्नो उत्तर बङ्गाल दौड़ाहपूर्व बातचित गर्दै भनिन्, पश्चिम बङ्गालमा शुद्धिकरणको कार्य भइरहेको छ। मन्त्री अग्निमित्रा पालले बसिरहाटको सन्देशखाली क्षेत्रमा भारी मात्रामा हतियार भेटिएको घटनालाई लिएर राज्यको पूर्व सरकार तथा तृणमूल कङ्ग्रेसमाथि चर्को प्रहार गरिन्। उनले भनिन्, वर्षौंसम्म सीमावर्ती क्षेत्रहरूमा उचित निगरानी तथा अन्तरराष्ट्रिय सीमामा प्रभावकारी फेन्सिङ्ग नभएको कारण आपराधिक तत्वहरू हुर्किंदै गए अनि व्यवस्था बिस्तारै अपराधीहरूको नियन्त्रणमा गयो।
मन्त्रीले भने, पछिल्लो सरकारको समयमा अपराधीहरूले संरक्षण पाए। स्थिति यस्तो भएको थियो कि व्यवस्था स्वयं अपराधीहरूद्वारा सञ्चालन हुन थालेको थियो। नयाँ सरकार आएपछि अब शुद्धिकरणको कार्य शुरू भएको छ। सम्पूर्ण सिस्टमको सर-सफाई तथा सुधारमूलक कार्य भइरहेको छ। यसबमा केही समय लागे पनि व्यवस्थालाई पूर्ण रूपले सफा गरिनेछ।
उनले राज्यको राजनीतिक स्थितिको उल्लेख गर्दै भनिन्, विभिन्न नगरनिगम तथा नगरपालिका क्षेत्रहरूमा तृणमूल कङ्ग्रेसका मेयर, पार्षद, विधायक औ अन्य जनप्रतिनिधिहरूले राजीनामा दिरहेको सार्वजनिक भएको छ। यस्तो स्थितिमा प्रशासनिक व्यवस्थालाई मजबुत राख्नको लागि सरकार धरातलीय स्तरमा सक्रिय हुन आवश्यक छ।
अग्निमित्रा पालले दाबी गरिन्, तृणमूल कङ्ग्रेसका केही नेताहरूले वर्षौंसम्म जनतालाई उनीहरूको अधिकारदेखि वञ्चित राखे। अब कानूनले आफ्नो काम गरिरहेको छ र कुनै पनि दोषीलाई छोड़िनेछैन।
उनले भनिन्, पश्चिम बङ्गालमा विकासको जुन गति शुरू भएको छ, त्यसलाई कुनै पनि मूल्यमा बाधित हुन दिइनेछैन। चाहे दार्जीलिङ पहाड़ होस् वा राज्यका अन्य क्षेत्र, विकासका योजनाहरू हरेक क्षेत्रसम्म पुग्नेछ अनि जनता त्यसबाट लाभान्वित हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा