अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको सभा सम्पन्न
Newar sangh


खरसाङ, 07 जून (हि.स.)। अखिल भारतीय नेवार सङ्गठन खरसाङ आञ्चलिक समिति, श्री भिमेश्वर मन्दिर पक्षबाट खरसाङको राज राजेश्वरी हलमा सङ्गठनका अध्यक्ष भाजु प्रकाश प्रधानको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरियो। सभामा अभानेस केन्द्रिय समिति अध्यक्ष भाजु एसएन प्रधान अनि सचिव भाजु उत्तम प्रधान उपस्थित रहेका थिए।

सभामा अभानेस खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरका सचिव भाजु सुबास प्रधानले सङ्गठन विषय अनि सचिवको बार्षिक प्रतिवेदन प्रस्तुत गरे भने नेवारी सांस्कृतिक विभागीय सदस्यहरूले प्रत्येक कार्यक्रमतिर सहयोग पुर्याएकोमा सदस्यहरू अनि लाखे टोलीलाई सम्मान गरियो औ गुवाजुहरूलाई पनि सम्मान गरियो। खरसाङ नगरपालिका वार्ड नम्बर एकदेखि वार्ड नम्बर बीशसम्म साथै घुम्ती नेवार सङ्गठन, तीनधारे नेवार सङ्गठन, रोहिणी शाखा, करबिर प्रधान समाजका प्रतिनिधिहरूलाई पनि सम्मान गरियो।

अभानेस केन्द्रीय अध्यक्ष, सचिवद्वारा संगठन विषय लिएर नेवारहरू कसरी संगठित रहनु भन्ने विषयमा आफ्नो भनाइ राखेको सङ्गठनका सह सचिव भाजु गणेश प्रधानले जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande