आर्मी रिक्रुटमेन्ट फिजिक्स ट्रेनिङ इन्स्टिट्युट खरसाङमा बिदाई तथा सम्मान कार्यक्रम
आर्मी रिक्रुटमेन्ट फिजिक्स ट्रेनिङ इन्स्टिट्युटम बिदाई तथा सम्मान कार्यक्रम


खरसाङ, 07 जून (हि.स.)। आर्मी रिक्रुटमेन्ट फिजिक्स ट्रेनिङ इन्स्टिट्युट खरसाङको आयोजनामा पाँचौं ब्याचका लागि आज बिदाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ। खरसाङ अन्तर्गत गिद्ध पहाडको चौकी डाँडास्थित तरुण संघको सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता प्रेस क्लब अफ् खरसाङका सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रुपमा अवकाशप्राप्त कप्तान अम्बर तामाङ उपस्थित थिए।

पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा आर्मी रिक्रुटमेन्ट फिजिक्स ट्रेनिङ इन्स्टिट्युट खरसाङका निर्देशक राजेन्द्र तामाङले यस ट्रेनिङ इन्स्टिट्युटको स्थापना र यसको विषयमा जानकारी गराए। कार्यक्रममा पत्रकार अमरजीत स्याङ्देन र न्युज रिडर सुबानी राईलाई पनि सम्मान जनाइयो। यसैगरी, प्रेस क्लब अफ् खरसाङलाई यस ट्रेनिङ इन्स्टिट्युट खरसाङको तर्फबाट सम्मान जनाइयो भने पत्रकारहरुलाई खदार्पणसहित फूल गुच्छासहित स्मृति चिन्ह प्रदान गरियो।

कार्यक्रममा मुख्य अतिथि कप्तान अम्बर तामाङ, विशिष्ट अतिथिहरु वरिष्ठ पत्रकार सञ्जय प्रधान, निर्मल गुरुङ, सुबेदार सरोज तामाङ र सभाध्यक्ष वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम आदिले सम्बोधन गरेका थिए। आर्मी रिक्रुटमेन्ट फिजिक्स ट्रेनिङ इन्स्टिट्युट खरसाङको तर्फबाट इन्स्टिट्युटबाट ट्रेनिङ लिएर अग्निवीरमा गएका पाँचौं ब्याचका युवाहरुलाई सम्मान जनाइयो।

यस इन्स्टिट्युटमा ट्रेनिङ गरेका पाँचौं ब्याचका युवा कालेबुङ निवासी चिन्लप लेप्चालाई अनुशासन र कालेबुङ निवासी पेम्बा दोर्जेलाई बेस्ट स्टुडेन्टको अवार्डले सम्मानित गरियो। साथै, पाँचौं ब्याचका युवाहरुलाई यस इन्स्टिट्युटकी होस्टेल निर्देशिका लिलावती तामाङको तर्फबाट पनि सम्मान जनाइयो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande