वरिष्ठ वाम नेता अशोक भट्टाचार्य घाइते, अस्पतालमा भर्ती
वरिष्ठ वाम नेता अशोक भट्टाचार्य घाइते, अस्पतालमा भर्ती


सिलगढ़ी, 07 जून (हि.स.)। शहरका पूर्व मेयर औ राज्यका पूर्व मन्त्री तथा वरिष्ठ वाम नेता अशोक भट्टाचार्य गए शनिवार राती ठूलो दुर्घटनाको शिकार भए। प्राप्त जानकारी अनुसार घरमै लड़ेर उनको शिरमा गम्भीर चोट लागेको छ। उनलाई सिलगढ़ीको एक निजी नर्सिङ्ग होममा भर्ती गरिएको छ।

बताइन्छ, टाउकोमा गहिरो चोट लागेको कारणले धेरै रगत बग्यो जसले गर्दा उनको स्थिति चिन्ताजनक भयो। चिकित्सकहरूले उनको स्थितिलाई ध्यानमा राखेर तुरून्तै उन्नत उपचार शुरू गरेका छन्। हाल उनी चिकित्सकहरूको निगरानीमा छन्। अर्कोतिर मन्त्री भएपछि आइतवार मात्र सिलगढ़ी फर्केका शङ्कर घोष अशोक भट्टचार्यलाई हेर्नका लागि नर्सिङ्ग होममा पुगे जहाँ उनले भट्टाचार्यसित बातचित पनि गरे। त्यसपछि मन्त्रीले चिकित्सकहरूसित बातचित गरे।

यो समाचार फैलिनसाथ सिलगढ़ी लगायत सम्पूर्ण राज्यको राजनीतिक जगतमा चिन्ता व्याप्त भएको छ। पार्टी कार्यकर्ताहरूदेखि लिएर आम शुभचिन्तकहरूसम्मले उनको सुस्वास्थ्यको कामना गरिरहेका छन्।

स्मरण गराइन्छ, अशोक भट्टाचार्य सिलगढ़ीको राजनीतिको एउटा ठूलो सम्मानित अनुहार रहिआएका छन्। अहिलेघरि उनको स्वास्थ्य माथि चिकित्सकहरूले विशेष नजर राखिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande