
गुवाहाटी, 07 जून (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रसिद्ध कवि तथा गीतकार एवं नाटककार पार्वतीप्रसाद बरुवालाई उनको पुण्यतिथिमा स्मरण गर्दै आफ्नो श्रद्धाञ्जली अर्पण गरेका छन्।
मुख्यमन्त्रीले सोशल मीडियामा एउटा सन्देश शेयर गर्दै भनेका छन्, असमका प्रसिद्ध कवि तथा गीतकार एवं नाटककार पार्वतीप्रसाद बरुवालाई उनको पुण्यतिथिमा श्रद्धा पूर्वक स्मरण गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
मुख्यमन्त्रीले भनेका छन्, गीतकारको रूपमा प्रसिद्ध बरूवाले गीति-साहित्य अतिरिक्त असमिया फिल्महरूको निर्माणमा समेत असमको सिनेमा उद्योगलाई नयाँ दिशा देखाएका छन्। उनका रचनाहरू प्रत्येक असमिाको मानसिकतामा सदैव जीवित रहनेछन्।
पार्वती प्रसाद बरुवाको जन्म 19 अगस्त, 1904-मा शिवसागर जिल्लामा भएको थियो भने उनको निधन 07 जून, 1964-मा भएको थियो। असमका एकजना साहित्यकार, गीतकार, कवि, फिल्म निर्माता औ नाटककार रहेका बरूवालाई गीतकारको रूपमा पनि चिनिन्थ्यो। उनले वर्ष 1940- मा रूपही बनाए। रूपही असमको चौथी फिल्म थियो। उनले फिल्म मात्र बनाएनन् जबकि त्यसमा अभिनय पनि गरे। छात्रावस्थादेखि नै उनले 'टुपितरा' नामक एउटा हस्तलिखित पत्रिका निकालेका थिए। 'टुपितरा' बन्द भएपछि भाइ मोक्षदा प्रसादको सम्पादनमा 'घर-जौति' लेखेर प्रकाशित गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा