पुण्यतिथिमा कृष्णकान्त ह्याण्डिकलाई मुख्यमन्त्रीले गरे स्मरण
पुण्यतिथिमा कृष्णकान्त ह्याण्डिकलाई मुख्यमन्त्रीले गरे स्मरण


गुवाहाटी, 07 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज पण्डितप्रवर डा. कृष्णकान्त ह्याण्डिकको पुण्यतिथिमा आफ्नो श्रद्धाञ्जली अर्पण गरेका छन्।

मुख्यमन्त्रीले सोशल मीडियामा जारी एक सन्देशमा भनेका छन्, असाधारण पाण्डित्य, ज्ञानको खोज औ समाजको लागि गरिएको योगदानको कारणले पण्डितप्रवर डा. कृष्णकान्त ह्याण्डिकले असमलाई एक नयाँ बौद्धिक दिशा दिए। शिक्षाको प्रसार, संस्कृतिको संरक्षण औ साहित्यको सम्पन्नताको क्षेत्रमा उनको योगदानलाई सदैव सम्झिइनेछ।

उनले भनेका छन्, असमका शिक्षा, साहित्य औ सांस्कृतिक जागृतिका एक अद्वितीय मार्गदर्शक ह्याण्डिकको पावन पुण्यतिथिमा हामी उनलाई गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं। उनका आदर्श, कर्मनिष्ठा एवं ज्ञानको प्रकाशले भविष्यका पिँढ़ीहरूलाई सदैव प्रेरित गरिरहनेछ।

कृष्णकान्त ह्याण्डिकको जन्म असमको जोरहाट जिल्लास्थित सातघरिया अहोम परिवारमा 20 जुलाई, 1898- मा भएको थियो भने उनको निधन 07 जून, 1982-मा भएको थियो। उनका पिता चिया किसान राय बहादुर राधाकान्त ह्याण्डिक र माता नारायणी ह्याण्डिक थिए। उनी असमका एकजना लेखक, संस्कृत विद्वान औ शिक्षाविद थिए। संस्कृत औ भाषाविज्ञानको क्षेत्रमा उनले अद्वितीय पाण्डित्यको परिचय दिए। श्रीहर्षका 'नैषध चरित', सोमदेवका 'यशस्तिलक' आदि ग्रन्थहरूको अनुवाद गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गरेका थिए।

उल्लेखनीय छ, असमका केही सार्वजनिक आयोजनहरूको विकासका लागि उदार दान दिए बापत मानिसहरूले कृतज्ञता स्वरूप राधाकान्त ह्याण्डिकलाई 'दानवीर'- को उपाधिले सम्मानित गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande