
पश्चिम मेदिनीपुर, 07 जून (हि. स.)। जिल्लाको केशपुर विधानसभा क्षेत्रबाट भाजपाका पराजित उम्मेद्वार शुभेन्दु समन्तलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा भाजपाको राज्य एकाईले कारण बताऊ नोटिस जारी गरेको छ। उनलाई सात दिनभित्रमा नोटिसको जवाफ दिने निर्देश दिइएको छ। साथै आगामी आदेश नआउञ्जेलसम्म पार्टीका सबै गतिविधिहरूदेखि टाड़ा बस्न भनिएको छ।
भाजपा सूत्र अनुसार विधानसभा चुनाउको परिणाम घोषणा भएपछि केशपुरका विभिन्न भागहरूबाट शुभेन्दु सामन्तविरूद्ध सन्त्राषपूर्ण माहोल सृजना गरेको, अनैतिक गतिविधिहरूमा सामेल भएको, पार्टी कार्यकर्ताहरूसित दुर्व्यवहार गरेको तथा कथित रूपमा असुली जस्ता सिकायतहरू राज्य नेतृत्व समक्ष पुगेको थियो। यी सिकायतहरूको आधारमा प्रदेश अध्यक्ष शमिक भट्टाचार्यको निर्देशमा भाजपाको अनुशासन समितिले यो कारबाही गरेको हो।
नोटिसमा भनिएको छ, उनीमाथि लगाइएका आरोपहरू पार्टीको मर्यादा तथा सङ्गठनात्मक अनुशासनविरूद्ध छ।
केशपुरमा चुनाउपछि भाजपाभित्र गुटबाजी रहेको कुरा पनि खुलेर बाहिरिएको छ। हालैमा भिन्न-भिन्न जुलूस तथा भिन्न-भिन्न पार्टी कार्यालयहरूको उद्घाटनले आन्तरिक मतभेदहरूलाई स्पष्ट पारिदिएको थियो।
शुभेन्दु समन्तले भने, उनलाई नोटिस जारी गरिएको जानकारी प्राप्त भएको छ, तर अहिलेसम्म पत्र हातमा परेको छैन। उनले भने, नोटिस पाएपछि निर्धारित समयभित्रमा जवाफ दिइनेछ।
गए शनिवार राती भाजपाको घाटाल जिल्ला उपाध्यक्ष अमूल्य माइतीले बताए, केही सिकायतहरू पाइएपछि राज्य अनुशासन समितिले नोटिस जारी गरेको छ। सम्बन्धित नेताले आफ्नो पक्ष राख्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा