
बङ्गाई गाउँ (असम), 07 जून (हि.स.)। बोडोल्याण्ड प्रादेशिक क्षेत्र (बीटीआर)- मा स्वास्थ्य सेवाहरूलाई सुदृढ़ बनाउने दिशामा इण्डियन ओयल कर्पोरेशन लिमिटेड (आईओसीएल)- को बङ्गाई गाउँ रिफाइनरीले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) एवं कर्पोरेट पर्यावरण उत्तरदायित्व (सीईआर) अन्तर्गत लगभग 4.59 करोड़ रुपियाँका चिकित्सा उपकरण एवं सार्वजनिक उपयोगिताका संसाधनहरू वितरण गऱ्यो।
बङ्गाई गाउँ रिफाइनरीको आरसीसी हलमा आयोजित समारोहमा बीटीसीका मुख्य कार्यकारी सदस्य हग्रामा महिलारी मुख्य अतिथिका रूपमा उपस्थित थिए। उनले भने, बीटीसी प्रशासन औ असम सरकारले ग्रामीण स्तरमा स्वास्थ्य सेवाहरूलाई मजबुत बनाउने प्रयास गरिरहेको अवस्थामा बङ्गाई गाउँ रिफाइनरीको यो सहयोग क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण साबित हुनेछ। उनले रिफाइनरीका कार्यकारी निदेशक एवं प्रमुख नयन कुमार बोराको नेतृत्वको सराहना गर्दै भने, यसबाट आशा कार्यकर्ता, आँगनबाड़ी केन्द्र औ स्वास्थ्य संस्थानहरूको कार्यक्षमतामा उल्लेखनीय वृद्धि हुनेछ।
यस पहल अन्तर्गत कोकराझाड़स्थित सीआईटीलाई एउटा एम्बुलेन्स तथा तिराङ्ग र कोकराझाड़ जिल्ला क्षयरोग कार्यालयको लागि दुई वटा बोलेरो युटिलिटी वाहन प्रदान गरियो। साथै कोकराझाड़, बङ्गाई गाउँ र केएमसीएच कोकराझाड़लाई ह्याण्डहेल्ड एवं पोर्टेबल एक्स-रे मशिन, एनेस्थिसिया वर्कस्टेशन, एचपीएलसी सिस्टम तथा नवजात शिशु हेरचाहका लागि चार वटा बिलीरुबिनोमीटर उपलब्ध गराइयो। यसरी नै रोग निदान सुविधाहरूलाई मजबुत बनाउने उद्देश्यले 20 वटा फाइनकेयर प्लस थायराइड प्रोफाइल टेस्टिङ्ग मशिन तथा 30 हजार टेस्ट किट पनि वितरण गरियो। यता कोकराझाड़ जिल्लाका 1,377 आशा कार्यकर्ताहरूलाई ग्लूकोमीटर, 1.37 लाखभन्दा अधिक टेस्ट स्ट्रिप एवं ल्यान्सेट उपलब्ध गराइयो। यस अतिरिक्त 232 चिकित्सा उपकरण सेट जसमा हीमोग्लोबिनोमीटर, ब्लड प्रेशर मशिन र स्टेथोस्कोप सामेल छन्, पनि प्रदान गरियो।
आँगनबाड़ी सेवाहरूलाई सुदृढ़ बनाउनको लागि चिराङ्गका 927, कोकराझाड़का 498 तथा बङ्गाई गाउँका 82 सहित मोठ 1,500 भन्दा अधिक केन्द्रहरूलाई आँगनबाड़ी किट वितरण गरियो। यसरी नै आरएनबी सिभिल अस्पताल, कोकराझाड़लाई फर्नीचर सहायता दिएर अस्पतालका आधारभूत सुविधाहरूलाई पनि मजबुत बनाइयो।
कार्यक्रमलाई बीटीसीका स्वास्थ्य विभागीय कार्यकारी सदस्य देवहाङ्ग बसुमतारीले पनि सम्बोधन गरे। यस अवसरमा सिदली-चिराङ्गका विधायक पानी राम ब्रह्म, बीटीसीका परिषद सदस्य, सचिव, वरिष्ठ अधिकारी, बङ्गाई गाउँ रिफाइनरीका प्रबन्धन, स्वास्थ्य विभागीय अधिकारी, आशा कार्यकर्ता, आँगनबाड़ी पर्यवेक्षक तथा व्यापक रूपमा स्थानीय प्रतिनिधिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा