हरियाणाको आठ, चण्डीगढ़का दुई विभाग विरूद्ध सीबीआई जाँच तीव्र, छह स्थानमा छापा, 661 करोड़को कथित हिनामिनामा लोकसेवकहरूमाथि कड़ा काबाही
सांकेतिक


नयाँ दिल्ली, 07 जून (हि.स.)। हरियाणा सरकार र चण्डीगढ़ प्रशासनका विभिन्न विभागहरूको कथित रकम हिनामिनासित सम्बन्धित 661 करोड़ रुपियाँको बैंक ठगी मुद्दाको सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्यूरो (सीबीआई) ले शनिवार चण्डीगढ़, पंचकुला र दिल्ली-एनसीआरका छह स्थानमा छापा मारेको छ। छापा मार्ने क्रममा वरिष्ठ हरियाणा क्याडरका लोकसेवकहरू, एक निजी कम्पनी र यसका निदेशकको सम्पत्तिको खोजी गरियो।

सीबीआई अनुसार, अनुसन्धानले आईडीएफसी फर्स्ट बैंक र एयू फाइनान्स बैंक मार्फत सरकारी कोषको कथित दुरुपयोग पत्ता लगाएको छ। हरियाणाका आठ विभागहरू र चण्डीगढ़का दुई विभागहरू: चण्डीगढ़ महानगरपालिका र सीआरईएसटी चण्डीगढ़को खाताबाट अनियमित निकासी र रकम स्थानान्तरण गरियो।

एजेन्सीले भनेको छ, अनुसन्धानको क्रममा भेटिएका प्रमाणहरूले बैंक अधिकारीहरूसँग मिलेर केही लोकसेवकहरूले खाता सञ्चालन, रकम स्थानान्तरण र त्यसपछि रकमको कथित दुरुपयोगलाई सहजीकरण गरेको संकेत गर्दछ। यी अधिकारीहरूलाई बदलामा अनुचित लाभ दिइएको आरोप छ।

सीबीआई अनुसन्धानले नोएडा स्थित विपम कन्सल्टेन्सी प्राइभेट लिमिटेडको भूमिका पनि खुलासा गरेको छ। सीबीआई अनुसार, अपराधबाट प्राप्त रकम पहिले कम्पनीको खातामा जम्मा गरियो र पछि यसको निदेशकको व्यक्तिगत खातामा स्थानान्तरण गरियो। खोजीको क्रममा धेरै आपराधिक कागजातहरू, डिजिटल उपकरणहरू, सम्पत्ति कागजातहरू र अन्य आपराधिक सामग्रीहरू जफत गरिएको छ।

सीबीआईले हरियाणा सतर्कता र भ्रष्टाचार विरोधी ब्यूरोबाट मुद्दा र चण्डीगढ़ आर्थिक अपराध थानामा दर्ता भएका दुई अन्य एफआईआरहरू लिएपछि यो अनुसन्धान शुरु गरेको थियो। सीबीआईले आपराधिक षड्यन्त्र, सरकारी कोषको हिनामिना र अन्य सम्बन्धित अपराधहरूको अनुसन्धान गरिरहेको छ।

ब्यूरोले प्रारम्भिक अनुसन्धान पूरा भएपछि पंचकुलाको सीबीआई अदालतमा पहिलो आरोपपत्र दायर गरिएको बताएको छ। यसले हरियाणा पावर जेनेरेसन कोर्पोरेशन लिमिटेड र हरियाणा स्कूल शिक्षा परियोजना परिषद्का अधिकारीहरूको भूमिकाको उल्लेख गरेको छ। आरोपपत्रमा आईडीएफसी फर्स्ट बैंक र एयू फाइनान्स बैंकका खाताहरूबाट हरियाणा सरकारको रकम कसरी कथित रूपमा निकालिएको थियो भनेर पनि व्याख्या गरिएको छ। सीबीआईले तीनवटै मुद्दाको अनुसन्धान जारी रहेको बताएको छ। चाँड़ै नै पूरक आरोपपत्र दायर गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande