
नयाँ दिल्ली, 07 जून (हि.स.)। दिल्लीमा व्याप्त जल सङ्कटलाई लिएर दिल्ली सरकारको विरोधमा कङ्ग्रेस पार्टीले आइतवार बुराड़ीमा हण्डी फुटाऔं प्रदर्शन गऱ्यो।
दिल्ली प्रदेश कङ्ग्रेस कमिटीका अध्यक्ष देवेन्द्र यादव पनि दिल्ली जल बोर्ड बुराड़ी बाहिर आयोजित हण्डी फुटाऔं प्रदर्शनमा सामेल भए। उनले राजधानीमा गहिरिँदै गइरहेको जल सङ्कटको विरोधमा दिल्ली सरकारका नीतिहरूको विरोध गरे। उनले भने, जनता पानीको एक-एक थोपाको लागि छटपटिरहेका छन्, तर सरकार समस्या समाधान गर्नको सट्टा खोक्रो प्रचारमा व्यस्त छ।
यस अवसरमा जिल्ला कङ्ग्रेस अध्यक्ष मङ्गेश त्यागी, पार्टीका प्रदेश प्रवक्ता नरेन्द्र सोनी सहित अन्य पदाधिकारी तथा कार्यकर्ताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा