
नयाँ दिल्ली, 07 जून (हि.स.)। दिल्ली सरकारले यमुना नदीलाई उसको गौरव फर्काउन, नदीका तटहरूलाई स्वच्छ बनाउन तथा पर्यावरण संरक्षणप्रति नागरिकहरूलाई जागरूक गराउने उद्देश्यले आगामी 14 जूनका दिन यमुना तट स्वच्छता अभियान आयोजन गर्ने निधो गरिएको छ। यस अभियानमा मुख्यमन्त्री रेखा गुप्ता स्वयं सामेल हुनेछन्।
मुख्यमन्त्रीले आइतवार बयान जारी गरी भनिन्, यमुना एउटा नदी मात्र होइन, दिल्लीका सांस्कृतिक, धार्मिक औ पर्यावरणीय धरोहर पनि हो। यमुनाको संरक्षण गर्ने दायित्व सरकारसँगसँगै प्रत्येक नागरिकको पनि हो। यसै सोचलाई जन-जनसम्म पुऱ्याउन तथा सामूहिक सहभागितालाई प्रेरित गर्नका लागि यो व्यापक अभियान आयोजना गरिँदैछ। आगामी 14 जूनमा यमुना रिभरफ्रन्टका प्रमुख घाटहरू एकसाथ स्वच्छता औ जन-जागरूकता गतिविधिहरू सञ्चालन गरिनेछ। अभियानमा लगभग 500 वटा सामाजिक, धार्मिक, शैक्षणिक औ स्वयंसेवी सङ्गठनहरू सहित हजारौं स्वयंसेवकहरूको सहभागिता रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा