दिल्ली विधानसभा अध्यक्षले सीपीए उत्तर क्षेत्र सम्मेलनलाई सम्बोधन गर्ने
दिल्ली विधानसभा अध्यक्षले सीपीए उत्तर क्षेत्र सम्मेलनलाई सम्बोधन गर्ने


नयाँ दिल्ली, 07 जून (हि.स.)। दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्तले राष्ट्रमण्डल संसदीय सङ्घ (सीपीए) भारत क्षेत्र जोन-II उत्तर क्षेत्रको प्रतिष्ठित सम्मेलनलाई विकसित भारत- 2047 को लक्ष्य तथा भविष्यका चुनौतीहरूलाई साकार पार्नमा जागरूक समाज तथा विधायकहरूको भूमिका विषयमा सम्बोधन गर्नेछन्। सो जानकारी आइतवार एक विज्ञप्ति मार्फत दिइएको हो।

हरियाणा विधानसभा चण्डीगढ़मा 8-9 जूनसम्म आयोजना भइरहेको यस दुई दिवसीय क्षेत्रीय सम्मेलनमा उत्तर भारतका शीर्ष पीठासीन अधिकारी, अध्यक्ष औ विधायकहरू सामेल हुनेछन्। सम्मेलनको मुख्य उद्देश्य यस दीर्घकालिक राष्ट्रिय विकास रोडम्यापसित विधायी प्रयासहरूलाई जोड़्नु अनि त्यसमाथि मन्थन गर्नु हो।

यो सम्मेलन संसदीय संस्थाहरूलाई मजबुत बनाउने, आधुनिक विधायी प्रथाहरूमा सुधार ल्याउने औ क्षेत्रमा सहज लोकतान्त्रिक सहयोगलाई प्रोत्साहित गर्नको लागि एक महत्वपूर्ण तथा सहयोगात्मक मञ्चको रूपमा कार्य गर्छ। एउटै छानो मुनि नीति-निर्माताहरूलाई एकत्र गरेर यस्तो आयोजन गर्नुको उद्देश्य निर्वाचित प्रतिनिधि तथा जनताबीच एक व्यवहारिक सम्वाद स्थापना गर्नु हो। सम्मेलन अवधि प्रतिभागीहरूले भविष्यका सामाजिक-आर्थिक बाधाहरूको विश्लेषण गर्नेछन् अनि द्रूत गतिमा विकसित भइरहेको राष्ट्रको परिवर्तनशील आवश्यकताहरूलाई पूरा गर्नको लागि सक्रिय शासन तन्त्रको खाका तयार पार्नेछन्।

दिल्ली विधानसभाको प्रतिनिधित्व गर्दै विजेन्द्र गुप्ताले यी उच्च स्तरीय सत्रहरूमा भाग लिएर नागरिकहरूलाई सशक्त बनाउने तथा विधायी प्रक्रियामा जनसहभागिता बढ़ाउनेमाथि आफ्नो बहुमूल्य विचार साझा गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande